अर्मनमा संयुक्त टोलीको चुनाव प्रचार कार्यक्रम

  • २४ बैशाख २०७४, आईतवार
  • 1761 पटक पढिएको

म्याग्दी, २५ बैशाख । मंगला गाउँपालीकाको काँग्रेस, माओवादीका अध्यक्ष र उपाध्यक्षका उमेद्वारहरुको टोलीले आईतबार ५ नम्बर वडा अर्मनमा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् । माओवादी केन्द्रका अध्यक्षका उमेद्वार चन्द्रप्रसाद बुढाथोकी र नेपाली काँग्रेसका उपाध्यक्षका उमेद्वार हुमादेवी फगामीको संयुक्त टोलीले घरदैलोका साथै अर्मनको शिवालयमा चुनावी कोणसभा गरेको हो ।

कोणसभामा बोल्दै उमेद्वारद्धय बुढाथोकी र फगामीले नयाँ संरचना अनुसार मंगला गाउँपालीकालाई सम्बृद्ध र विकसीत बनाउन आफूहरुलाई मतदान गरेर जिताउन आग्रह गर्नुभयो ।
उहाँहरुले सबै बडाहरुबाट गाउँपालीका केन्द्रमा १ घण्टामा पुग्न सकिने सडकको व्यवस्था गर्ने, बाबियाचौरलाई शैक्षिक, ब्यापारीक केन्द्र, टोड्के, झाँक्रेपानी र मालीकालाई पर्यटकीय स्थलका साथै ब्यवसायीक सुन्तला, तरकारी खेती, खाद्यबालीको विउ उत्पादन र दूध तथा मासु उत्पादनका लागि ब्यवसायीक पशुपालनमा जोड दिइने प्रतिवद्धता जनाउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता देवराज सुवेदीको अध्यक्षता र पुस्कर बिकको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका श्रीराम पौडेल र नयाँ शक्ति नेपालका गोविन्द गिरीले मंगला गाउँपालीकाको निती निर्माण, विकास तथा सम्बृद्धीका लागि संयुक्त उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।