साउदीमा मोना : अध्यक्षमा विपिन पौडेल

  • २२ भाद्र २०७६, आईतवार
  • 1176 पटक पढिएको

 

म्याग्दी, २२ भदौ । खाडी मुलुक साउदी अरेवीयामा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को राष्ट्रिय कार्यसमिति गठन भएको छ । मोनाका अध्यक्ष चक्र थापाको पहलमा अनलाइन मार्फत भएको साधारणसभाबाट बिपिन पौडेलको अध्यक्षतामा मोना साउदीको कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा करन पुन, उपाध्यक्षमा दिपक खत्री, महासचिवमा तिलुक पुन, सचिवमा टेक रसाइली, सहसचिवमा लक्क्ी छन्त्याल, बरिष्ठ कोषाध्यक्षमा पवि शर्मा, कोषाध्यक्षमा राम रत्न र सहकोषाध्यक्षमा ओमकार रसाइली रहनुभएको छ ।

रामप्रसाद छिनाल, भिमराज रसाइली, सन्जोल लामिछाने, राजकुमार थापा, कृष्ण छिनाल, प्रकाश खत्री, जयराज श्रीपाली, खिमबहादुर रसाइली, सागर कुमाइ, बिरेन्द्र रसाइली, थर्कमान रसाइली सदस्यमा चयन हुनुभएको छ । बरिष्ठ सल्लाहकारमा उद्धिम केसी र सल्लाहकारमा आनन्द पौडेल रहनुभएको छ ।

साउदी सहित २० वटा देशमा मोना विस्तार भएको छ । लामो संघर्ष पछि साउदीमा मोनाको कार्यसमिति गठन गर्न सफल भएको अध्यक्ष थापाले बताउनुभयो । विश्वभर छरिएर रहेका म्याग्देलीहरुलाई एकतावद्ध गरि उनिहरुको अप्ठ्यारोमा सहयोग गर्ने, जन्मथलोको विकास र सामाजिक गतिबिधिमा सघाउदै आएका मोनाको असोज १४ देखि १६ गतेसम्म घोडेपानीमो तेस्रो विश्व सम्मेलन हुदैछ ।