गरिमा बैङ्कद्धारा पोशाक र शैक्षिक सामग्री वितरण

  • २१ भाद्र २०७६, शनिबार
  • 3954 पटक पढिएको

बेनी, २१ भदौ । गरिमा विकास बैङ्कले शुक्रबार रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माविका विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको छ । २५ जना गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई एक÷एक जोडा पोशाक, झोला, कापी र कलम वितरण गरेको हो । सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत सहयोग गरिएको बैङ्कका बरिष्ठ प्रबन्धक अनुमान श्रेष्ठले जानकारी दिनुभयो ।

सोही अवसरमा जनप्रतिनिधि, शिक्षक, स्थानीयबासी र विद्यार्थीहरुको सहभागितामा वित्तिय साक्षरता कार्यक्रम गरिएको छ । ग्रामिण क्षेत्रमा वित्तिय सेवाको पहुँच विस्तारका लागि बैङ्कीङ सेवा लिने प्रक्रिया र फाइदाका विषयमा जानकारी गराइएको थियो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, वडा अध्यक्ष रिमबहादुर कटुवालले बैकिङ् सेवालाई गाउँ तहसम्म विस्तार गरेर बचत गर्ने बानिको विकास र व्यक्तिबाट महँगो ब्याजदरमा ऋण लिने समस्या हटाउन जोड दिनुभयो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल, विभागीय प्रमुख नविन प्याकुरेल, कलस्टर कार्यालय पोखराका भोलाप्रसाद तिवारी, बिनिता राना, बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले आम नागरिकको पहुँचमा वित्तिय सेवा विस्तारमा प्राथमिकता दिएको बताउँदै बैङ्कका सेवा, सुविधाको बारेमा जानकारी गराउनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्ल, प्रअ अम्मरबहादुर केसीले बैकिङ सेवाको बारेमा ग्रामिण क्षेत्रका नागरिकलाई सचेतना प्रदान गर्नुपर्ने बताउनुभयो । म्याग्दीको बेनी, पोखरेबगर, बाबियाचौर र दरवाङ सहित गरिमाको देशभर ८२ वटा शाखा छन् ।

यसैबीच म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारनै बेनीमा ब्यापारीहरुसँग वर्तमान बैङ्कीङ नीतिको बारेमा अन्तरक्रिया भएको थियो । सहभागि ब्यापारीहरुले छिटो छिटो ब्याजदर परिवर्तन हुने समस्याको बारेमा गुनासो पोखेका थिए ।