पत्रकार महासंघ म्याग्दीको क्यालेण्डर लोकार्पण

  • २४ बैशाख २०७४, आईतवार
  • धिरन खत्री
  • 1741 पटक पढिएको

म्याग्दी,२४ बैशाख । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा राष्ट्रिय पत्रकारिता दिवस  आइतबार म्याग्दीमा मनाइएको छ । सो अवसरमा महासंघ म्याग्दी शाखाले प्रकाशन गरेको २०७४ सालको भित्तेपात्रोे लोकापर्ण गरिएको हो ।


कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला निर्वाचन अधिकृत एंवम जिल्ला न्याधिश रामप्रसाद शर्माले क्यालेण्डरको लोकापर्ण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै  प्रमुख अतिथि शर्माले बैशाख ३१ गते हुन लागेको निर्वाचनलाई शान्त, स्वच्छ र मर्यादित बनाउन  संचार क्षेत्रको भुमिका महत्वपुर्ण हुने भन्दै निर्वाचनमा रचनात्मक भुमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गर्नुभएको थियो । उहाँले निर्वाचन मिति नजिकिदै गर्दा आवश्यक तयारी तिव्र रुपमा अगाडि बढाइएको भन्दै आचाँरसहितालाई उलंगन नगर्न राजनीतिक दल र उम्मेद्वारलाई आग्रह गर्नुभएको थियो ।


कार्यक्रम पत्रकार महासंघ म्याग्दीको अध्यक्ष तारानाथ शर्माको अध्यक्षता र महांसघका सचिव गोरखनाथ सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l