अमेरिकामा दुई जना भारतीयको गोली हानी हत्या

  • २४ बैशाख २०७४, आईतवार
  • 1893 पटक पढिएको

वासिंटन, २३ वैशाख । अमेरिकामा एक भारतीय दम्पतिको बुधवार राति गोली हानेर हत्या गरिएको छ । समाचार अनुसार दम्पतिकी छोरीका पुर्वप्रेमीले यो हत्या गरेका हुन् । जुनिपर नेटवर्कमा काम गर्दै आएका नरेन प्रभु कर्नाटकका थिए । उनी पत्नी र छोरी रसेलसहित अमेरिकाको स्यान होजेमा बस्दै आएका थिए ।

३ मे को राति मिर्जा ट्याटलिक नाम भएका दम्पतिकी छोरीका पुर्वप्रेमी लोरा भिलेस्थित भारतीय दम्पतिको घरमा पसेर उनीहरुमाथि गोली बर्साएका थिए ।

यस मामिलाको जाँचका क्रममा मिर्जा र रसेलले ब्रेकअप लिएको खुलेको छ । तर मिर्जाले लगातार रसेललाई दुःख दिइरहेका थिए । प्रहरीलाई भारतीय दम्पतिका छोराले यो घटनाबारे जानकारी गराएका थिए । नरेन प्रभुको शव रगतले लतपतिएको अवस्थामा घरैमा भेटिएको थियो । उनकी पत्नी र छोरालाई भने मिर्जाले घरभित्रै बन्धक बनाएका थिए ।

घटनाको जानकारी मिलेपछि प्रहरी घटनास्थलमा पुगेर दम्पतिका १३ वर्षीय छोरालाई छुटाएको थियो । पुलिसले मिर्जामाथि एक राउन्ड गोली हानेपछि घरभित्र पस्न सफल भएको थियो ।

पुलिस घर भित्र जाँदा नरेनकी पत्नी र मिर्जा मृत अवस्थामा थिए । पुलिसका अनुसार मानसिकरुपमा बिराम मिर्जा जागिर अभावमा तनावमा थिए । एजेन्सी