मल्कबाङ्गको दलित महिला सदस्यमा काँग्रेस निर्विरोध

  • २४ बैशाख २०७४, आईतवार
  • 2329 पटक पढिएको

म्याग्दी, २३ बैशाख । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गमा दलित महिला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध भएकी छिन् । स्थानीय तहको निर्वाचनमा महिला दलित वडा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी धनसरा विकको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

धौलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरि उम्मेदवारी दिएका छन् । धौलागिरी गाउँपालिकामा कांग्रेस र माओवादीको संयुक्त प्यानलबाट रिमप्रकाश थापाले प्रमुखमा उम्मेदवारी दिएका छन भने नेकपा एमालेबाट थमसरा पुन मैदानमा छिन् ।

गाउँपालिका अन्र्तरगत ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कबाङ्गमा चुनावी अभियानले तिब्रता पाएको छ । काँग्रेसले रघुगंगा गाउँपालिका–४ दग्नाममा नेपाली कांग्रेसका एक बहादुर गर्बुजा सहितका पाँचै जना प्रतिनिधिलाई समेत निर्विरोध गराउन सफल भएको छ l