वृद्ध आरोही मीनबहादुर शेरचनको निधन

  • २४ बैशाख २०७४, आईतवार
  • 2346 पटक पढिएको

काठमाडौं, २३ बैशाख । फागुन २३ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मीनबहादुर शेरचनले भनेका थिए, ‘केश फुलेको छ । मन फुलेको छैन । कि चढेर आउँछु, कि मरेर आउँछु ।’ सन् २००८ मा उनले ७६ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरिसकेकोले पनि धेरैले उनी चढेर फर्किने आशा गरेका थिए ।

तर त्यसो हुन सकेन । आरोहणका लागि राजधानीबाट हिँडेको २० दिनपछि सगरमाथा आधार शिविरमा शनिबार उनको निधन भयो । उनी सामान्य अवस्थामै आधार शिविरसम्म पुगेका थिए । क्याम्पमै बसिरहेका शेरचनको हृदयघातको कारण निधन भएको अुनमान गरिएको छ ।

‘हामीले सुन्दा हृदयघात भएको भन्ने सुन्यौँ,’ हिमालयन उद्दार संघका आधार शिविर, प्रमूख लाक्पानुर्बु शेर्पाले भने, ‘तर कारण चाँही थाहा हुन सकेन । साँझमा निधन भएकोले शव आइतबार मात्रै राजधानी लाने कुरा छ ।’ उनी ‘समिट ट्रेक नेपाल’ नामक एक्सपिडिशन कम्पनी मार्फत आरोहणका लागि गएका थिए ।

पर्यटन विभागले समेत शेरचनको मृत्यु भएको पुष्टि गरेको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले उनको शनिबार साँझ ५ बजेर १४ मिनेटमा निधन भएको जानकारी दिए । ८६ वर्षका शेरचन सबैभन्दा जेठो आरोहीको विश्व किर्तिमान राख्ने भन्दै आरोहणका लागि गएका थिए ।

वैशाख २३, २०७४- फागुन २३ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मीनबहादुर शेरचनले भनेका थिए, ‘केश फुलेको छ । मन फुलेको छैन । कि चढेर आउँछु, कि मरेर आउँछु ।’ सन् २००८ मा उनले ७६ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरिसकेकोले पनि धेरैले उनी चढेर फर्किने आशा गरेका थिए ।

तर त्यसो हुन सकेन । आरोहणका लागि राजधानीबाट हिँडेको २० दिनपछि सगरमाथा आधार शिविरमा शनिबार उनको निधन भयो । उनी सामान्य अवस्थामै आधार शिविरसम्म पुगेका थिए । क्याम्पमै बसिरहेका शेरचनको हृदयघातको कारण निधन भएको अुनमान गरिएको छ ।

‘हामीले सुन्दा हृदयघात भएको भन्ने सुन्यौँ,’ हिमालयन उद्दार संघका आधार शिविर, प्रमूख लाक्पानुर्बु शेर्पाले भने, ‘तर कारण चाँही थाहा हुन सकेन । साँझमा निधन भएकोले शव आइतबार मात्रै राजधानी लाने कुरा छ ।’ उनी ‘समिट ट्रेक नेपाल’ नामक एक्सपिडिशन कम्पनी मार्फत आरोहणका लागि गएका थिए ।

पर्यटन विभागले समेत शेरचनको मृत्यु भएको पुष्टि गरेको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले उनको शनिबार साँझ ५ बजेर १४ मिनेटमा निधन भएको जानकारी दिए । ८६ वर्षका शेरचन सबैभन्दा जेठो आरोहीको विश्व किर्तिमान राख्ने भन्दै आरोहणका लागि गएका थिए ।

-स्रोत : कान्तिपुर