पढ्ने धोकोलाई उमेरले छेकेन् : आमाहरु कम्प्युटर सिक्दै

  • १३ भाद्र २०७६, शुक्रबार
  • धिरन खत्री
  • 2531 पटक पढिएको

म्याग्दी, १३ भदौँ । ६० बर्षिय राधिका आचार्यले कक्षा ५ मा अध्ययनरत छन् । ५४ बर्षिय दिलमया पुनले कक्षा ३ मा पढिरेहकी छन् । सानो हुदाँ विद्यालय कस्तो हुन्छ र शिक्षा के हो बुझिएन् । घास र दाउरा गर्दागर्दै विवाह भयो, आफुले नपढेपनि उनीहरुलाई पढ भनेर गालि गरियो । तर अहिल्य पढ्न लागेपछि दैनिक लेख्ने र पढ्ने शब्दहरु लेख्न पढ्न सजिलो भएको उनीहरुको भनाई छ । उनीहरुले शिक्षा लिनलाई उमेरले छेक्दैन् । इच्छा शक्ति ठुलो भएपछि शिक्षाले पारिवार र समाजमा सहजता सिर्जना गरेको अनुभव चुनाउछन् ।


कक्षा ७ पढ्ने बेनी नगरपालिका ६ अथुङ्गे बस्ने देवी सुवेदी दैनिक १ घण्टा हिड्दै सदरमुकाम बेनी ओर्लेर उज्यालो बैकल्पिक विद्यालयबाट शिक्षा लिएकी छन् । भने कम्युटर शिक्षा सिक्दै आएकी छन् । दैनिक पढ्नाले नेपाली पढ्न, लेख्न र बुझ्न सहज भएपनि अग्रेजी शिक्षा लिन भने ग्राहो भएको अनुभव बताउँछिन् ।


त्यस्तै रघुगंगगा गाउँपालिका ७ चिमखोला जन्मीएर हुर्किएकी भुलु तिलिचा विद्यालय नगईकन बाआमालाई घासँदाउरा र भान्सामा काम गरेर खुशि बनाइयो । तर २०५३ सालमा सदरमुकाम बेनी आएपछि उनी विभिन्न संघसस्थामा आवद्ध भुलु तिलिचालाई सदस्यमा शिक्षाले नेतृत्वमा पुग्न दिएन । ५६ बर्षको उमेरमा भुलु तिलिचाले कक्षा ९ मा पढ्छिन ।


विहान घरको काम भ्याएर बच्चाहरुलाई स्कुल पठाएर ११ बजे स्कुलमा उपस्थित हुन्छन् । कोही बच्चा संग उपस्थित हुन्छन् । अनुशासन पुर्वक कक्षामा बस्छन् आफ्ना छोराछोरीजस्तै शिक्षक आएर पढाउछन् । जे पढाएको त्यही पढ्ने । दिएको गृहकार्य गरेर आउने गर्दछन्। पढ्न लेख्न बुढेसकालको दिमागले ढिलो हुदोरहेछ त्यहीपनि परिवार र शिक्षकको पे्ररणाले पढ्न मन लागेको अनुभव आमाहरुले सुनाउछन् ।
दैनिक जीवन घास दाउँरा र भान्सामा विताएर शिक्षा के हो भनेर थाहा नपाएका आमाहरु ५५, ५६ बर्षको उमेरमा दैनिक जीवनमा उच्चारण गर्दै आएका शब्दहरु अगे्रजी, नेपालीमा लेख्न पढ्दै र कम्युटर सिक्दै आएका छन् ।


विभिन्न कारणले भविष्यलाई सहज बनाउने शिक्षा लिनबाट बञ्चित भएका १४ बर्षदेखि ६० बर्षसम्म उमेरलाई लक्षित गरेर २०७२ साल उज्यालो बैकल्पिक विधालय संचालन गरिएको थियो । १ देखि ९ संचालन भएको स्कुलमा हाल ६० जना भर्ना भएका छन् । कक्षा १, ३, ५, ७, ८ र ९ कक्षा संचालन भएका छन् । कक्षा ५ देखि माथि पढ्दै गरेका आमाहरुको लागि कम्युटर शिक्षा थप गरिएको छ । उनीहरुको लागि ६ ओटा कम्युटर छन्।
शिक्षकहरुले जीवनमा पढेर भन्दा परेर सिकेका अनुभवी आमाहरुलाई पढाउदाँ समाजसेवा गरेको अनुभव हुने विद्यालयकी सहजकर्ता रिता गर्वुजाले बताईन । पुरानो ठाउबाट सरकारी भवनमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १७ लाख सहयोग कक्षा ब्यवस्थापन, कम्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालय लगायतका पुर्वाधार थप गरिएको सहजकर्ताले बताईन ।


यस विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई पढाउन ८ जना शिक्षक रहेका छन् । शिक्षकको तलवको लागि बेनी नगरपालिका, शिक्षा समन्वय ईकाई र विभिन्न संघसस्था सहयोगले चलाईराखेको विद्यालयका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए । उनीहरुलाई पुर्ण रुपमा भौतिक ब्यवस्थापन गरेर गुणस्तर शिक्षा दिन लागेको बताए ।
संघिय संरचनाअनुसार स्थानीयस्तरमा विभिन्न संघसस्था तथा संगठनहरु पुगिरहेकाछन् । केवल महिलाहरुलाई महिलाको कोठामात्र पुर्ति गर्ने समस्याबाट हटाउन उज्यालो बैकल्पिक शिक्षा जस्तै जिल्लाको ५ ओटै स्थानीय तहमा प्रौढ आमाहरुलाई लक्षित गरेर खोल्न आवश्यक देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l