आँसुको मूल फुट्ने पक्का भो पन्चेबाजा म्युजिक भिडियो जापानमा बिमोचन ( म्युजिक भिडियो सहित )

  • २३ बैशाख २०७४, शनिबार
  • 4433 पटक पढिएको

जापान , २३ बैशाख । म्याग्दीका कलाकार हिरा बुढाथोकी र सारा पुनले पन्चेबाजा दोहोरि गीत बजारमा ल्याएका छन् । गाएक तथा सर्जक खेम पुनको लय तथा शब्द सृजनामा कन्चन सुशील म्युजिक प्रा.लि. ले बजारमा ल्याएको उक्त म्युजिक भिडियो शुक्रबार जापानको खान्नाइ सहर स्थित सन् राइज रेष्टुरेण्टमा एक कार्यक्रमा बीच बिमोचन गरिएको हो ।

समाजसेबी दतिवल खड्काको प्रमुख आथित्य तथा पत्रकार तिलक मल्लको स्वागत मन्तब्य रहेको कार्यक्रममा जापानमा कार्यरत नेपालीहरुको बाख्लो सहभागी रहेको थियो । समाजसेबी खड्का र उक्त गीतका गायिका सारा पुनले म्युजिक भिडियोको डिभिडी सार्बजनिक गर्नुका साथै बिन्ध्याबासिनी म्युजिक प्रा.लि को यूट्युब च्यानल मार्फत औपचारिक रुपमा अनलाइन तथा अन्य माध्यमबाट बजारमा आएको जानकारी गराइएको थियो ।

कन्चन सुशील म्युजिक प्रा.लि द्वारा बजार ब्यबस्थापन भएको यस पन्चेबाजा गितको एरेन्ज संगीतकार झलक संगीतमले गरेकाछन भने अडियो रेकर्ड काठमाण्डौको अनामनगर स्थित आलाप डिजिटल रेकर्डिङ्ग स्टुडियोले गरेको हो । यस गीतको म्युजिक भिडियोको दृष्य निर्माण भने तारानाथ आचार्यको निर्देशन तथा गणेश सापकोटाको छायाँमा पोखरा स्थित सफल फ्लिम प्रा.लि ले गरेको छ म्युजिक भिडियोमा इश्वर सिंह र अनिता परियारले अभिनय गरेका छन् ।

कुनै समय जापानको नेपाली कार्यक्रमहरुमा दोहोरि गाएर स्थानिय कलाकारको रुपमा परिचित पुनको औपचारिक रुपमा गीत रेकर्ड भएको यो पहिलो हो । आफुलाई बाल्यकाल देखि नै गीत संगीत प्रति रुचि भएको भएपनि सहज वातावरण र पारिवारिक सहयोग नमिलेकोले यसअघि गीत रेकर्ड हुन नसकेको उनको भनाइ छ । रहर पुर्याउन हिरा बुढाथोकी र खेम पुन भाइको सहयोगमा यो गीत रेकर्ड भयो अब दर्शकले कस्तो छ भन्ने प्रतिक्रिया दिनुहोला नि ! लामो हाँसो सहित पुनले आफ्नो धारणा ब्यक्त गरिन । साथै पुनले आफ्नो पहिलो प्रयासलाई संचारमाध्यमबाट दर्शक स्रोता समक्ष पुर्याइदिन संचार क्षेत्रमा आवद्व संचारकर्मी र पत्रकारहरुलाई अनुरोध समेत गरेकी छिन ।

कार्यक्रममा सहभागी नेपाली लगाएत जापानिजहरु सार्बजनिक भएको पन्चेबाजा गीतमा उफ्री उफ्री नाचेका थिए उक्त कार्यक्रममा सहभागीहरुले म्युजिक भिडियोले तथा सांगेतिक यात्रा सफल रहोस भन्दै शुभकामना ब्यक्त गरे । नाचगानले संगीतमय बनेको कार्यक्रमको संचालन पुर्व मगर संघ अध्यक्ष तथा देउराली पन्चेबाजा समुह जापानका गम जुग्जालीले गरेका थिए ।

यस गितको म्युजिक भिडियो कन्चन सुशिल म्युजिक प्रा.लि. र बिन्ध्याबासिनी म्युजिक प्रा.लि.को समन्वयनमा सर्बधिकार बिन्ध्याबासिनी म्युजिक प्रा.लि. लाई रहने गरी बजार ब्यबस्थापन,प्रतिलिपी अधिकार, डिजिटल अधिकार सहित बिन्ध्याबासिनी म्युजिक प्रा.लि. मर्फत बजारमा आएको छ ।

भिडियो