दोबामा काँग्रेसको आमसभा सम्पन्न

  • २२ बैशाख २०७४, शुक्रबार
  • 3675 पटक पढिएको

म्याग्दी, २२ बैशाख । अन्नपूर्ण गाउँपालिका–१ दोबामा नेपाली काँग्रेसले आमसभा सम्पन्न गरेको छ । नेपाली काँग्रेस दोबाका सभापति सुर्यप्रसाद पुर्जाको अध्यक्षतामा सम्पन्न भएको आसमभालाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले गाउँपालिकाको समृद्धि र विकासका लागि काँग्रेसका उम्मेदवारीलाई विजयी गराउन आवश्यक रहेको बताए ।

गाउँपालिकाको प्रमुखमा विजयी भएमा कुनै सरकारी सुविधा प्रयोग गर्ने र उक्त सुविधा जनताको हितमा खर्च गर्ने प्रतिबद्धता जनाइसकेको पुनले अन्नपूर्णमा जलविद्युत्, पर्यटनको प्रचुर संभावना रहेको टिप्पणी गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका महाधिवेशन प्रतिनिधी भरत रकालले लोकतन्त्रको संरक्षण र संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसको विजय आवश्यक रहेको बताए ।

समृद्धि अन्नपूर्ण गाउँपालिकाका लागि निस्वार्थ राजनीतिज्ञ पुनलाई जिताउनले उनले मतदाताहरुमा आग्रह समेत गरे । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपप्रमुखका उम्मेदवार केशमायाँ मगर, वडा नं १ का अध्यक्ष कमल पुन, वडा नं २ का अध्यक्षका उम्मेदवार आत्मा तुलाचन, काँग्रेसका नेता अनिल हिराचन, नेपाली काँग्रेसका जिल्ला सस्य पदम पुर्जा लगायतले आमसभालाई सम्बोधन गरेका थिए । कार्यक्रममा नेकपा एमाले परित्याग गरि १५ जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको काँग्रेसले जनाएको छ ।