चौध जनाले हतियार बुझाए

  • २२ बैशाख २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 3217 पटक पढिएको

म्याग्दी २२ बैशाख । निर्वाचन सुरक्षाका लागि म्याग्दीमा स्थानीय प्रशासनले गरेको आग्रह स्वीकार गर्दै १४ जनाले प्रहरीमा हतियार बुझाएका छन् ।     जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत चैतमा सार्वजनीक सूचना जारी गर्दै निर्वाचन सुरक्षाका लागि अनुमती लिएर व्यक्तिगत सुरक्षाका लागि राखिएका हतियार नजिकको प्रहरी ईकाईमा बुझाउन अनुरोध गरेको थियो ।

प्रशासनबाट व्यक्तिगत सुरक्षाका लागि ८२ जनाले बन्दुक लगायत विभिन्न प्रकृतीका हतियार राख्ने अनुमती लिएका छन् । जिल्ला प्रहरी कार्यालय र विभिन्न ठाउँमा रहेका प्रहरी युनिटहरुमा हालसम्म १४ जनाले हतियार बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी यादव आचार्यले बताउनुभयो ।

उहाँका अनुसार निर्वाचनको समयमा हतियारको दुरुपयोग नहोस भन्ने उद्देश्यले प्रहरीमा बुझाउन आग्रह गरीएको थियो । हतियार राख्ने अनुमती लिएकाहरुको विवरण सबै प्रहरी युनिटमा पठाइएको छ ।

निर्वाचनको समयमा हतियार प्रयोगबाट कुनै घटना भएको अवस्थामा नबुझाउनेहरुलाई अप्ठ्यारो पर्न सक्ने प्रशासनले जनाएको छ । निर्वाचन आचार संहिता अनुसार निर्वाचनको समयमा अनुमती लिएका देखि घरेलु हतियार र लाठी लिएर हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।

सन्तोष गौतम