चौतारीको छहारी (फोटो फिचर)

  • ७ भाद्र २०७६, शनिबार
  • 3389 पटक पढिएको

म्याग्दी ७ भदौ । बेनी बजार स्थित सहिद स्तम्भ चोक( विरेन्द्रचोक)मा रहेको पिपलबोटको छहारी लिएर बसेका सर्वसाधारण । बर्षौ पुरानो पिपलको बोट रहेको यस चौतारीालाई संरक्षण गरि सितल बस्ने बनाएपछि यहाँ दैनिक रुपमा छहारी लिएर बस्नेहरुको भिड लाग्ने गरेको छ ।

विरेन्द्रचोक टोल सुधार समितिले चौतारो परिसरमा खानेपानीको समेत प्रवन्ध मिलाएको छ । समितिले चौतारा वरपरको समेत नियमित सरसफाई गर्दै आएको छ । गर्मियाममा यहा सितल लिएर बस्नेहरुको भिड लाग्छ ।