“तिमी”

  • ६ भाद्र २०७६, शुक्रबार
  • 2281 पटक पढिएको

 

कविता

“तिमी”

यो मनले त्यो मनलाइ छुन खोजेको छ।
सबै कुरा भुली तिम्रै हुन खोजेको छ।

हजारौंको भिडमा माया गर्ने थिए हजार
किन -किन यो मनले तिमीलाई रोजेको छ।

आउ प्रिय संगै पिरतीको सागर तरौ अरुले जे
सुकै भनुन यी आखाले तिमीलाई खोजेको छ।

धन दौलत छैन केही म सित ,दिउला माया
चोखो मनको एकबार जुनीमा तिमीलाइ रोजेको छ।

यो जिन्दगी हासी-खुसी तिमीसितै जिउने रहर भो
सारा बाधा-बन्धन तोडी धड्कनले तिमीलाइ खोजेको छ।

अंशु कार्की
मकवानपुर