चट्याङले भेडा मर्दा रु.दश लाख बराबरको क्षति

  • ३२ श्रावण २०७६, शनिबार
  • 3484 पटक पढिएको

 

बेनी ३२ साउन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु. दश लाख रुपैयाँ मूल्य बराबरको क्षति पुगेको छ ।

शुक्रबार राती साढे ११ बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करिब दश लाख रुपैयाँ मूल्य बराबरको क्षति पुगेको कृषक समेत रहनुभएका वडा सदस्य राजेश तिलीजा पुनले जानकारी दिनुभयो । सबै भन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालबिर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाईजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् ।

एक वटा भेडाको मूल्य रु.पन्ध्र हजार देखि पच्चिस हजार छ । सबै कृषकका भेडाहरुलाई गोठालाले एउटै खर्कमा राखेका थिए । घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्धार गाउँदेखि खयर पुग्न करिब बाह् घण्टा उकालो हिड्नुपर्छ । पिडित कृषकहरुले क्षतिपुर्ति र घुम्ति गोठमा पालिने भेडाबाख्राको पनि बिमा सुबिधा हुनुपर्ने माग गरेका छन् । फाइल तस्विर