पुर्व विधार्थी अधिकृत थापालाई सम्मान

  • ३२ श्रावण २०७६, शनिबार
  • धिरन खत्री
  • 3552 पटक पढिएको

म्याग्दी, ३२ साउन । रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोला स्थित सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालयद्धारा पुर्व विद्यार्थी युवराज थापालाई सम्मान गरिएको छ। सो विद्यालयमा अध्ययनसंगै उच्च शिक्षा हासिल गरेर अधिकृत बन्न सफल भएका थापालाई विद्यालयद्धारा सम्मान गरेकोे हो ।


बेनी नगरपालिका कार्यालयमा कार्यरत अधिकृत थापालाई विद्यालयका ब्यवस्थापन समिति, शिक्षक, अध्ययनरत विद्यार्थी र अविभावकद्धारा फूलमालाले सम्मान गरेका हुन् । साथै सोही कार्यक्तम विच अधिकृत र उन्का भाई गोपाल थापाद्धारा विद्यालयलाई ५० हजार ५०५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।


विद्यालयको शिक्षालाई प्रविधिमैत्री बनाउन कम्युटरको आधारभूत ज्ञान विद्यार्थीहरुलाई जानकारी गराउनका लागि सम्मान कार्यक्रमको अवसरमा विद्यालयमाजडानको गरिएको ५ ओटा कम्प्युटर संचालन गरिएको छ । पुर्व विद्यार्थी सागर खत्रीको संयोजन तथा रोजगार र अध्ययनको शिलशिलामा विदेश रहेका पुर्व विद्याथीहरुको आर्थिक सहयोगमा कम्प्युटर जडान गरिएको थियो ।


शनिबार विद्यालय ब्यवस्थापन समिति अध्यक्ष एककुमारी कटुवाल क्षत्रीको अध्यक्षता, प्रअ तोरणबहादुर श्रेष्ठको स्वागत मन्तव्यमा भएको कार्यक्तममा समाजसेवी तर्कबहादुर केसी, अधिकृत थापा र कम्युटर जडानका संयोजक खत्रीले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षक एकेन्द्रबहादुर कटुवाल क्षत्रीले गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l