कतारमा २५ औं विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न

  • २५ श्रावण २०७६, शनिबार
  • 2717 पटक पढिएको

तिलु शर्मा पौडेल

दोहा कतार ।  २५ औं विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न  सम्पन्न भएकाे छ । “आदिवासी भाषाहरूको अन्तर्राष्ट्रिय वर्ष ” भन्ने मूल नाराको साथमा २५औं विश्व आदिवासी दिवस-२०१९ कार्यक्रम कतारमा रहेका नेपाली आदिवासी जनजाति जातीय संस्थाहरू नेपाल मगर सङ्घ,शाखा कतार, नेपाल तामाङ घेदुङ प्रवास समिति, तमु प्ये ल्हु सङ्घ कतार, लि:ल फाङ घले समाज कतार, नेपाली धानुक सेवा समाज कतार, नेपाल प्रवासी दनुवार सङ्गठन कतार र प्रवासी तजपुरिया समाज दोहा कतारको संयुक्त आयोजनामा अल दल्ला ड्राइभिङ स्कुलमा नेपाल मगर सङ्घ, शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्व साथै एन आर एन ए (एन सी सी) कतारका अध्यक्ष नवीन पोखरेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्था, वैचारिक सङ्गठनका प्रमुखहरू लगायत ब्यबसायी, बुद्धिजीवी र पत्रकारहरुको विशेष आतिथ्यता रहेको थियो । दीप प्रज्वलन, ब्यानर अनावरण गरेर सुरु गरिएको कार्यक्रममा राष्ट्रिय गान सहित नेपालका प्रथम सहिद क्या.लखन थापा मगर साथै अन्य ज्ञात अज्ञात शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै अगाडी बढेको थियो।

धानुक सेवा समाजका महासचिव प्रेम मण्डलले स्वागत मन्तव्य राखेको कार्यक्रमको बारेमा नेपाल तामाङ घेदुङ प्रवास समितिका अध्यक्ष योगेन्द्र तामाङले जानकारी दिएका थिए । आदिवासीहरूको सांस्कृतिक पहिचान झल्काउने झाकिहरु सहित सुरु भएको कार्यक्रममा दोहाका विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य राख्दै २५औं आदिवासी दिवसको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा आयोजक संस्थाहरूबाट आफ्नो मौलिक झल्काउने झाकी प्रदर्शन गरिएको थियो भने सांस्कृतिक प्रस्तुतिहरूले पनि कार्यक्रममा उपस्थित सन्पूर्णको मन जितेको थियो ।

खचाखच दर्शकले भरिएको कार्यक्रमको औपचारिक कार्यक्रमको सहजीकरण मगर सङ्घ,कतारका महासचिव विजय मगर, सांस्कृतिक कार्यक्रम नेपाल तामाङ घेदुङ प्रवास समिति, कतारका सचिव विकास स्याङ्तान तामाङ र तमु प्ये लु सङ्घ, कतारका सदस्य सोनीका गुरुङले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले २५ औँ विश्व आदिवासी दिवसको शुभकामना दिँदै नेपालका आदिवासी जनजातिहरूको कला संस्कृति आफैमा मौलिक रहेको र यसले हाम्रो नेपालीहरूको पहिचानलाई बोकेको साथै यस्ता झाँकीहरूले पनि नेपालको पर्यटनमा वृद्धिमा विशेष भूमिका रहेको कुरा प्रस्ट पार्दै कार्यक्रम सभ्य र भव्य रूपमा सफल रहेको बताएका थिए । कार्यक्रमलाई समापन गर्दै सभापति रोका मगरले सम्पूर्ण २५ औँ आदिवासी दिवस कार्यक्रमका मूल आयोजक समितिलाई धन्यवाद दिँदै कार्यक्रम लाइ सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।