म्याग्दीको लुलाङ केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरस्केलको भूकम्प गयो

  • २४ श्रावण २०७६, शुक्रबार
  • 2236 पटक पढिएको

बेनी २४ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ । साँझ ६.२६ मिनेटको समयमा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सदरमुकाम बेनीमा पनि भुकम्पको धक्का महशुस गरिएको थियो । दरवाङ, ताकम, मुना लगायतका बस्तीहरुमा पनि भुकम्पको धक्का महशसु गरिएको स्थानीयबासीले बताएका छन् ।

धवलागिरी गाँउपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले भूकम्पले क्षति गरेको जानकारी भने प्राप्त नभएको बताए ।