म्याग्दीमा ६३२ जनाको उमेद्वारी दर्ता

प्रमुख पदमा पाँच जना महिलाको उमेद्वारी

  • २० बैशाख २०७४, बुधबार
  • 3278 पटक पढिएको

म्याग्दी २० बैशाख । आगामी ३१ गते पहिलो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ६३२ जनाको उमेद्वारी दर्ता भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृत र ५ वटा गाउँपालीकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दर्ता भएका उमेद्वारहरुको नामावली विवरण बुधबार सार्वजनीक भएको हो । मंगलबार राती सम्म उमेद्वारी दर्ता भएको थियो ।

नगरपालीकाको प्रमुख, उपप्रमुख, गाउँपालीकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदमा राजनितीक दल र स्वतन्त्र उमेद्वारहरुले मनोनयन दर्ता गरेका हुन् । बेनी नगरपालीकाको मेयरमा ७, उपमेयरमा ४, १० वटा अध्यक्षका लागि ३२, महिला सदस्यका लागि ३१, दलित महिला सदस्यका लागि २८ र खुल्ला सदस्यमा ६२ जनाको उमेद्वारी परेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

मालीका गाउँपालीकाको अध्यक्षमा ५, उपाध्यक्षमा ४, वडा अध्यक्षमा २१, महिला सदस्यमा २१, दलित महिला सदस्यमा २० र वडा सदस्यमा ४४ जनाको उमेद्वारी दर्ता भएको सहायक निर्वाचन अधिकारी छवीलाल सुवेदीले बताउनुभयो ।

५ वटा वडा रहेको मालीका गाउँपालीकाका सहायक निर्वाचन अधिकारी बिष्णुप्रसाद पौडेलका अनुसार अध्यक्षमा ४, उपाध्यक्षमा ३, वडा अध्यक्षमा १७, महिला सदस्यमा १५, दलित महिला सदस्यमा १३ र खुल्ला सदस्यमा ३१ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालीकाको अध्यक्षमा ३, उपाध्यक्षमा २, वडा अध्यक्षमा १८, महिलामा १८, दलित महिलनामा १६ र खुल्ला सदस्यमा ४२ जनाको उमेद्वारी परेको छ । ७ वटा वडा रहेको धौलागिरी गाउँपालीकाको अध्यक्षमा २, उपाध्यक्षमा ३, वडा अध्यक्षमा १६, महिला सदस्यमा १६, दलित महिलामा १५ र खुल्ला सदस्यमा ३७ जनाले मनोनयन दर्ता गरेका छन् ।

आठ वटा वडा रहेको रघुगंगा गाउँपालीकाको अध्यक्षमा ३, उपाध्यक्षमा २, वडा अध्यक्षमा १५, महिला सदस्यमा १४, दलित महिलामा १४ र खुल्लामा ३१ जनाले उमेद्वारी दर्ता गरेका छन् । यसैगरी म्याग्दीको छ वटा स्थानीय तह मध्य एक वटा गाउँपालीकाको अध्यक्षमा मात्र महिलाको उमेद्वारी मनोनयन दर्ता भएको छ । चार जना महिला उमेद्वारले वडा अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको छ ।

धौलागिरी गाउँपालीकामा नेकपा एमालेकी थमसरा पुनले अध्यक्ष पदमा उमेद्वारी दर्ता गर्नुभएको हो । बेनी नगरपालीका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालीका गाउँपालीकाको प्रमुख तथा अध्यक्ष पदमा सबै दलले पुरुष उमेद्वार बनाएका छन् ।

मालीका ५ देविस्थानमा काँग्रेसले पिपला बुढा, मंगला २ बाबियाचौरमा माओवादी केन्द्रले बृन्दा खड्का तथा धौलागिरी ५ मल्कवाङमा काँग्रेसले खर्ककुमारी छन्त्याल र एमालेले तिर्सना दर्जीलाई वडा अध्यक्षको उमेद्वार बनाएको छ ।

बेनी नगरपालीमा माओवादी केन्द्रले ज्योती लामीछाने, राप्रपाले सञ्जु बरुवाल र राष्ट्रिय जनमोर्चाले भुमाकुमारी कार्की (बिष्णु)लाई उपप्रमुख, मंगलामा काँग्रेसले होममाया फगामी, एमालेले सिर्जना केसी, माओवादी केन्द्रले पूर्णीमा बिसी, मालीकामा काँग्रेसले बिमला रोका, एमालेले खरमाया बिटालु, माओवादी केन्द्रले गौरी सेञ्चुरी, रघुगंगामा काँग्रेसले कमला गर्बुजा, अन्नपूर्णमा काँग्रेसले केयरमाया मगर र एमालेले दुर्गादेवी पाईजालाई उपाध्यक्षको उमेद्वार बनाएको छ ।