गण्डकी प्रदेशका क-कसले दिए कतारमा एनआरएनए आइसीसी देखि एनसीसी सम्म उम्मेद्वारी ? (भिडियाे सहित)

  • २२ श्रावण २०७६, बुधबार
  • 3012 पटक पढिएको

तिलु शर्मा पाैडेल

दाेहा, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलन तथा महाधिबेशन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा सम्पन्न हुदै छ । मिति नजिकिदै गर्दा एनआरएनए आइसीसी देखि एनसीसी सम्म नेतृत्वका लागि आ–आफ्नो उम्मेद्वारी पेश भइ रहेका छन । कतारमा पनि एनआरएनए एनसीसीको आठौ अधिबेशन आगामी अगस्ट २३ गते सुक्रबार नेपालि राजदुतावासमा समपन्न हुदै छ । उक्त अधिबेशनबाट निर्वाचित हुने आकाक्क्षा सहित ६९ जनाले बिभिन्न पदमा मनोनयन दर्ता गरेका छन । त्यस अन्तर्गत गण्डकी प्रदेशबाट कतार आइ रोजगारी तथा ब्यबसाय गरि रहेका  १८ जनाले मनोनयन दर्ता गरेको निवाचन समितिले जारि गरेको पन्जिकृत सदस्यहरुको नामावलीले पुस्टि गरेको छ । कसले कुन कुन पदमा कहाँ कहा मनोनयन दर्ता गरे ?  यो बिबरणात्मक रिपोर्ट हेर्नुहोस ।

होमनाथ शर्मा- एनआरएनए आइसिसि सदस्य पदको आकांक्षि

बिगत २३ बर्ष देखि कतारमा रहेका बागलुङको वलेबाका होमनाथ शर्माले एन आरएनए आइसिसी सदस्य पदमा २०१९-२१का लागि आफनो मनोनयन दर्ता गरेका छन् । बागलुङ सेवा समाज कतारको संस्थापक हुँदै दुई कार्यकाल अध्यक्ष र अहिले संरक्षक रहेका शर्मा नेपाली जनप्रगतिशिल मञ्च कतारको संस्थापक हुँदै दुई कार्यकाल अध्यक्ष र हाल प्रमुख सल्लाहकार,हुन्भने अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको अध्यक्ष र गण्डकी प्रदेश समन्वय परिषद कतारको सल्लाहकार रहेका छन । गैरआवासीय नेपाली संघमा भने संघको प्रथम परिषदको निर्वाचित खुल्ला प्रतिनिधि, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २००७-२००९ कार्यकालको कार्यसमिति सदस्य तथा संघसंस्था समन्वय समितिको सदस्य, २०११-१३ तथा हालको २०१७-२०१९ कार्यकालमा सल्लाहकार रहेका छन् ।

बुधबल गुरुङ – एनआरएनए आइसिसि सदस्य पदको आकांक्षि

बिगत डेढ दशक देखि कतारलाई कर्म थलो बनाएका जौबारी गोर्खाका बुधबल गुरुङ्ले एन आरएनए आइसिसी सदस्य पदमा २०१९-२१का लागि आफनो मनोनयन दर्ता गरेका छन् । तमू समाज कतारका संस्थापक, पूर्व अध्यक्ष तथा संरक्षक, गोरखा सेवा समाज कतारका संस्थापक तथा प्रमुख संरक्षक रहेका गुरुङ संग बैकिङ्ग क्षेत्रमा ७ बर्ष काम गरेको अनुभब छ भने एनआरएनए कतारमा २००९ देखि आबद्ध भएका हुन् । २०१५- १७ लेखा समिति संयोजक र २०१७ -१९ हाल महासचिव पदमा रहेका छन । गुरुङ पछिल्लो समय आफनो ब्यबसाय सन्चालन गर्दै आएका छन ।

लोक माया क्षेत्री (माया केसी) एनआरएनए एनसीसी कतार महासचिब पदको आकांक्षि

भिमाद तनहुमा जन्म भइ हरीनास गाउँपालीका,स्याङ्गजामा स्थाई बसोबास भएकी,  बिगत एक दशक भन्दा लामो समय देखि कतारलाई कर्मथलो बनाउदै आएकी लोक माया क्षेत्री (माया के।सी।) ले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको २०१९-२१ कार्यकालको लागि महासचिब पदमा उम्मेद्वारी दर्ता गरेकी छिन । सन् २०११ देखि एनआरएनए कतारमा आबद्ध केसी स्याङ्गजा  सहयोग समाज, कतार, हरिनास गाउ पालिका ईकाई स्याङ्गजा र एभरेष्ट युथ एसोसिएसन, कतारको सल्लाहकार समेत हुने । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाकि कार्यसमिति सदस्य रहेकी केसी २०१७ -१९ कार्यकालमा एनआरएनए कतारमा यूवा संयोजक पदमा रहेकी छिन । अमेरिकाबाट स्नातक उतिर्ण गरेकी केसी कतारमा सफल महिला व्यवसायीको रुपमा स्थापित छिन ।

पदम गिरी- एनआरएनए एनसीसी कतार महासचिब पदको आकांक्षि

ऋषिङ-५ तनहुँमा जन्मिएका पदम गिरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको २०१९-२१ कार्यकालको लागि महासचिब पदमा उम्मेद्वारी दर्ता गरेका छन । बिगत एक दशक बाट कतारलाई कर्मथलो बनाएका गिरी आई सि टि टेक्निसियन पदमा कार्यरत छन । स्नातक उत्तीर्ण गरेका गिरीले एनआरएनए आइसीसी ट्राभल सेफ्टी एण्ड रोड सेकुरेटी विभागमा मध्यपुर्ब सदस्य,तनहुँ सेवा समाज दोहा कतारको कार्यसमिती सदस्य,आजिबन सदस्य तथा बर्तमान कार्यसमितिमा महासचिव पदमा आसिन छन । त्यस्तै नेपाल दशनामी समाज शाखा कतारको बरिस्ठ उपाध्यक्ष, गण्डकी प्रदेश समन्वय परिषद कतारको सस्थापक सदस्य तथा लगानी बोर्ड सदस्य समेत रहेका छन् ।

बिनोद बर्सौला- एनआरएनए एनसीसी कतार, कोषाध्यक्ष पदको आकांक्षि

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको कोषाध्यक्षमा लमजुङका बिनोद प्रसाद बसौलाले उमेदवारी दिएका छन । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नाकोत्तर गरेका बर्सौला नेपालमा मात्र नभएर कतारमा विगत ५ वर्ष देखी लेखा, प्रशासनिक अधिकृतको रुपमा कार्यरत छन । लमजुङ सेवा समाज कतारको (२०१५–१८) कोषाध्यक्ष, २०१९ देखि उपाध्यक्ष, एनआरएनए एनसीसी कतारको (२०१७–१९) सचिवालय सदस्य र आर्थिक समिति सदस्यको जिम्मेवारी बहन गरि सकेका व्यक्ति हुन् ।

राम प्रसाद गौतम – एनआरएनए एनसीसी कतार कोषाध्यक्ष पदको आकांक्षि

पोखरा महानगर २४ (तत्कालिन कास्कीकोट गा बि स  बडा न ९) मा जन्मिएर बिगत १३ बर्ष देखि कतारलाई कर्म थलो बनाउदै आउनु भएका राम प्रसाद गौतमले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको २०१९-२१ कार्यकालका लागि कोषाध्यक्ष पदमा आफनो उम्मेद्वारी दर्ता गरेका छन । कास्की आदर्श सेवा समाज कतार तथा कास्कीकोट सहयोग समाज कतारका पूर्व अध्यक्ष्य, गण्डकी प्रदेश समन्यव परिषद अन्तर्गत गठित लगानी  प्रबर्धन  बोर्ड मा लेखा अधिकृत को रुपमा  आबद्ध हुनुहुन्छ भने NRNA-NCC कतारको  वर्तमान कार्यसमितिमा लेखा समितिको सम्योजकमा रहेका छन् भने  NRNA-NCC कतारको 2009-2011 र 2011-2013 कार्यकालको समितिमा लेखपरिक्षण समितिको संयोजक भएर  कार्य गरि सक्नु भएको छ ।

सरिता भण्डारी पौडेल- एनआरएनए एनसीसी कतार महिला उपाध्यक्ष पदको आकांक्षि

बिगत १३ बर्ष देखि कतारलाई आफ्नो कर्मथलो बनाईरहनु भएकी स्याङ्जाकि सरिता भण्डारीले गैरआवासीय नेपाली संघ कतारको २०१९-०२१ कार्यकालका लागि महिला उपाध्यक्षमा उम्मेद्वारी दिएकि छन् । भण्डारी पेसाले नर्शका रुपमा कार्यरत छिन भने सामजिक रुपमा मितेरी समाज कतारको सल्लाहाकार , महिला समाज कतारको सदस्य, स्यांग्जा सहयोग समाजको सदस्य र मानब सेवा आश्रम कतारको सदस्य पनि हुनुहुन्छ | स्मरण रहोस उहाँले हालै मात्र मानबसेवा आश्रम नेपालमा रहेका अनाथ बालबालिका बाट १ जना बालिकालाई १० वर्षको लागि अबिभाबकत्व ग्रहण गरेकी छिन ।

अम्बिका खत्री- एनआरएनए एनसीसी कतार महिला सयोजक पदको आकांक्षि

तनहुँ भानु नगरपालिका ८ की अम्बीका खत्रीले गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९-२१ कार्यकालका लागि महिला संयोजकमा उम्मेदवारी दर्ता गरएकी छिन । नेपाल ल क्याम्पस बाट फौजदारी कानून ( crimina। ।aw)मा एल एल बि गरेकी खत्री नेपाल सरकारबाट मान्यताप्रात रजिस्ट्रार अधिवक्ता हुन । अन्तर्राष्ट्रिय  श्रम कानूनलाई मेजर बिषय लिएर अध्ययन गर्दै गर्दा डोमेस्टिक वोर्कर शृशकको शोधपत्र तयार परेकी थिइन् जुन नेपाल ल क्याम्पसको इतिहासमा पहिलो शोधपत्र थियो । त्रिभुवन बिश्व बिध्यालाय बाट समेत बिजनेस स्टडिमा मास्टर गरेकी खत्रीले नेपाल रेड्क्रस सोसाइटी बाट आफ्नो सामजिक काम सुरु गरेकी हुन भने जागीरे जीवन सुरुगरेकी हुन । खत्री ट्राभल एजेन्सी हुँदै आहिले सन २०१३ देखी कतारमा आफ्नो व्यावसाय गर्दै आएकी छ्न । सामाजिक कार्यमा समेत सक्रिय रहेकी खत्री नेपाली महिला समाज कतारकी वर्तमान महासचिव पनि हुन ।

राकेश श्रेष्ठ – एनआरएनए एनसीसी कतार कार्यसमिति सदस्य पदको आकांक्षि

गोरखा जिल्ला पालुङटार नगरपालिका खोप्लाङ स्थाई घर भइ बिगत १५ बर्ष देखि कतारलाई कर्मथलो बनाउदै आएका राकेश श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए) ,राष्ट्रीय समन्वय परिषद कतारको आठौँ अधिवेशनको 19-21 कार्यकालको लागि कार्यसमिति सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । सामाजिक कार्य अन्तर्गत मानव सेवा आश्रम गोरखाका अभिभावक कतार शाखाका सल्लाहकार गोरखा सेवा समाज कतारका प्रमुख सल्लाहकार, गण्डकी प्रदेश समन्वय परिषद कतारका सल्लाहकारको समेत जिम्मेवारी बहन गर्दै आएका छन ।  श्रेष्ठ कतारमा सफल नेपालि व्यवसायीका रुपमा चिनिन्छन ।

सबिन्द्र श्रेष्ठ- एनआरएनए एनसीसी कतार कार्यसमिति सदस्य पदको आकांक्षि

पर्वत जिल्ला पयुं गाउँपालिका हुवास हट्टीयाका स्थाई बासिन्दा सबिन्द्र श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए) ,राष्ट्रीय समन्वय परिषद कतारको २०१९-२१ कार्यकालकोलागि कार्यसमिति सदस्यमा  आफ्नो उम्मेदवारी दर्ता  गरेका छन् । पर्वत जिल्लाको साझा सस्था पर्वत समाज कतारको अध्यक्ष समेत रहेका श्रेष्ठ २०१३  देखि एन आर एन ए कतारको पार्सद सदस्य रहेका छन् भने कतारमा युवा ब्यबसायीका रुपमा चिनिन्छन ।

घनश्याम जैसी- एनआरएनए एनसीसी कतार कार्यसमिति सदस्य पदको आकांक्षि

स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउपालिका १ रैते घर भै विगत १३ वर्षदेखि कतारमा कार्यरत रहेका घनश्याम  जैशीले गैर आवसीय नेपाली संघ (एनआरएनए) कतारको 2019-2021कार्यकालको लागि कार्यसमिति सदस्यमा  आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । स्याङ्गजा सहायोग समाज कतारका बरिस्ट उपाध्यक्ष समेत रहेका जैसी २०११ देखि एनआरएनए कतारको पार्सद सदस्य रहँदै २०१७ -२०१९ को कार्यकालमा सङ्घसंस्था समन्वय समितिको सदस्यको  भूमिकामा छन ।

ओम बहादुर क्षत्री (सन्तोष)- एनआरएनए एनसीसी कतार कार्यसमिति सदस्य पदको आकांक्षि 

पर्वत जिल्लामा जन्मिएका ओम बहादुर क्षत्री (सन्तोष)ले गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खुल्ला सदस्यमा आफ्नो उमेदवारी दिएका छन । जिल्लाको पहिलो एफ एम रेडियो पर्वत, बागलुङको सयपत्री एफ एम संगैं बागलुङकै धौलागिरि जागरण दैनिक पत्रिकामा गरि करिब १० वर्ष लामो पत्रकारिताको अनुभव बटुलेका क्षत्री पछिल्लो तीन वर्ष यता बैदेशिक रोजगारीको लागि कतारमा कार्यरत छन । क्षत्री समाज बागलुङको सचिव र धौलागिरिकै पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाको सञ्चालक भएर काम गरिसकेका छन् । क्षत्री, खस क्षत्री सेवा समाज कतारको प्रवक्ता हुन् भने पर्वत समाज कतारको निवर्तमान कार्य समिति सदस्य र गण्डकी प्रदेश समन्वय परिषद कतारको कार्यपत्र तयारी समितिको सदस्य भएर काम गरि सकेका छन् ।

मन प्रसाद राना मगर- एनआरएनए एनसीसी कतार कार्यसमिति सदस्य पदको आकांक्षि

माछापुच्छ्रे गाउपालिका-२, कास्कीमा जन्मिएर लामो समय देखि कतारलाई कर्मथलो बनाएका मन प्रसाद मगरले गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको २०१९-२१ कार्यकालको लागि कार्यसमिति सदस्यमा उमेदवारी दर्ता गराएका छन् । मृदभाषी मगर कास्की सार्दिखोला समाज, कतारका प्रमुख सल्लाहकार,कास्की आदर्श सेवा समाज, कतारका निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक, आदर्श वचत कोषका सह कोशाध्यक्ष, गण्डकी प्रदेश समन्वय परिषद, कतारका तदर्थ समिती सदस्य, सुरक्षित आप्रवासन तथा श्रमिक कल्याणकारी समिती, एन सि सि कतारका सदस्य तथा २०१७-१९ कार्यकालकालागि गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारका कार्यसमिति सदस्य समेत रहेका छन ।

बिबेक पुलामी मगर- एनआरएनए एनसीसी कतार कार्यसमिति सदस्य पदको आकांक्षि

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको (एन।आर।एन।ए- एनसिसि) आशँन्न आठौं महाधिवेशनका लागि बिबेक पुलामी मगरले कार्य समिति सदस्य पदमा उम्मेद्वारी दिएका छन । गोरखा जिल्ला सिरानचोक गाउपालिकामा जन्मिएर बिगत ९ बर्ष देखि कतारलाई कर्मथलो बनाउदै आएका मगर नेपाल मगर संघ, शाखा कतारका वर्तमान संगठन सचिव, नेपाल मगर संघ, दोहा एरिया समितिका पुर्व अध्यक्ष, तथा महानगर सहकारीका उपाध्यक्ष समेत रहेका छन ।

सेवक बिक- एनआरएनए एनसीसी कतार कार्यसमिति सदस्य पदको आकांक्षि

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको (एन।आर।एन।ए- एनसिसि) आशँन्न आठौं महाधिवेशनका लागि सेवक बिकले कार्य समिति सदस्य पदमा उम्मेद्वारी दिएका छन । पर्वत जिल्ला कुश्मा नगर पालिका वडा नम्बर एक पाङ्मा जन्मिएर बिगत १६ बर्ष देखि कतारलाई कर्मथलो बनाउदै आएका बिक बिश्वकर्मा समाज कतारमा कोषाध्यक्ष पदमा र दलित एकता सञ्जाल कतारमा आबद्ध छन भने २०१७ देखि एनआरएनमा पार्षद रहेका छन ।

बालकृष्ण न्यौपाने – एनआरएनए एनसीसी कतार कार्यसमिति सदस्य पदको आकांक्षि

विगत लामो समय देखि वैदेशिक रोजगारीको शिलशिलामा कतार मा रहेका नवलपुर जिल्ला देवचुली नगरपालिका १० का बालकृष्ण न्यौपानेले २०१९-२१ कार्यकालका लागि कार्य समिति सदस्य पदमा आफनो मनोनयन दर्ता गराएका छन  ।
कतारमा व्यवसायीका रुपमा स्थापित न्यौपाने नवलपुर सेवा समाजका बरिस्ठ सल्लाहकार समेत रहेका छन ।

पुरुषोत्तम लामिछाने- एनआरएनए एनसीसी कतार लेखा समिति सदस्य पदको आकांक्षि

आरुघाट गाउपालिका वडा न ९ गोरखामा जन्मिएर बिगत एक दशक भन्दा लामो समय देखि कतारमा कार्यरत पुरुषोत्तम लामिछानेले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आसन्न आठौं महाधिवेशनका लागि लेखा समिति सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन । गोर्खा सेवा समाज कतारका महासचिब समेत रहेका लामिछाने २०१७ देखि एनआरएन कतारमा आबद्ध छन ।

दिपक भुजेल- एनआरएनए एनसीसी कतार, लेखा समिति सदस्य पदको आकांक्षि

ब्यास नगरपालिका वडा न १२ तनहुमा जन्मिएर बिगत ५ बर्ष देखि कतारलाई कर्मथलो बनाएका दिपक भुजेलले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आसन्न आठौं महाधिवेशनका लागि लेखा समिति सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन ।