यि हुन म्याग्दीका वडा अध्यक्षका उमेद्वारहरु

  • २० बैशाख २०७४, बुधबार
  • सन्तोष गौतम
  • 3405 पटक पढिएको

म्याग्दी २० बैशाख । ५ गाउँपालीका, १ नगरपालीका र ४५ वटा वडा रहेको म्याग्दीका वडा अध्यक्ष पदका लागि ११९ जनाले उमेद्वारी दर्ता गराएका छन् । विभिन्न राजनितिक दल र स्वतन्त्रबाट वडा अध्यक्षमा उमेद्वारी दर्ता भएको हो ।

नेपाली काँग्रेसबाट बेनपा १ मा छवीलाल श्रेष्ठ, २ मा प्रताप मल्ल, ३ मा जसबहादुर पुन, ४ मा मिनबहादुर बानिया, ५ मा यामबहादुर बानिया, ६ मा नारायण कार्की, ७ मा रमेश श्रेष्ठ, ८ मा धनप्रसाद श्रेष्ठ, ९ मा चक्रबहादुर केसी र १० मा रिम रोकाले वडा अध्यक्षमा उमेद्वारी दर्ता गर्नुभएको छ ।

काँग्रेसको तर्फबाट अन्नपूर्ण गाउँपालीका १ मा कमल पुन, २ मा आत्मा तुलाचन, ३ दानामा बेलबहादुर पुर्जा, ४ चन्द्रप्रसाद फगामी, ५ मा दिनेशकुमार पुन, ६ घारमा कृष्णप्रसाद बरुवाल, ७ गमबहादुर फगामी र ८ राम्चेमा लक्ष्मण गर्बुजा वडा अध्यक्षको उमेद्वार बन्नुभएको छ ।

मंगला गाउँपालीका १मा केशरबहादुर जिसी, २ मा नरसिंह केसी, ३ मा योगेन्द्र घले, ५ दुर्गाबहादुर खत्री, मालीका १ मा टंकप्रसाद पुन, २ मा ताराप्रसाद रोका, ३ मा कुलमान पटेल, ४ मा भिजेन्द्रमान पुन, ५ मा पिपला बुढा, ६ मा शिवनारायण फगामी र ७ मा पलबिर जुक्जाली वडा अध्यक्षको उमेद्वार बन्नुभएको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।  धौलागिरी १ मा समबहादुर छन्त्याल, २मा ज्ञानबहादुर पाईजा, ३मा देवेन्द्र रोका, ४मा हस्तबहादुर पुन, ५ कबिराज केसी, ६ खर्ककुमारी छन्त्याल र ७मा याम हर्मेल तथा  रघुगंगा गाउँपालीका १ मा बिलप्रसाद पुर्जा, २ मा नरसिङ बहादुर केसी, ३ मा जिवनकुमार मल्ल, ४ रुकबहादुर गर्बुजा (एकबहादुर निर्बीरोध), ५ मनबहादुर शेरपुञ्जा, ६ मा मनकुमार पुन, ७ मा गमान छन्त्याल र ८ मा देउप्रसाद पुर्जा (दुर्गा) काँग्रेसको तर्फबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएको छ ।

नेकपा एमालेले बेनपा १ मा टेकबहादुर रावल, २ मा हिराबहादुर थापा, ३ मा डिलबहादुर थापा, ४ मा गोविन्द पौडेल, ५ मा लक्ष्मण बानिया, ६ मा कृष्णबहादुर बानिया, ७ मा राजेन्द्र श्रेष्ठ, ८ मा रामकृष्ण विश्वकर्मा, ९ मा बेलबहादुर चोखाल र १० मा कृष्णबहादुर मल्ललाई वडा अध्यक्षको उमेद्वार बनाएको छ । मंगला १ मा डेकबहादुर राम्जाली, २ मा धनबहादुर खाती, ३ कबिन्द्र रोका, ४ मा ओमप्रसाद रोका मगर र ५ मा भुपेन्द्र केसी, मालीका १ मा वुद्धीबहादुर पुन, २ मा नरबहादुर पुन, ३ मा होमबहादुर पुन, ४ मा दधीलाल कडेल, ५ कुलबहादुर घर्ती, ६मा सन्तनाथ जैसी र ७ मा टुकलाल पुनलाई वडा अध्यक्षको उमेद्वार बनाएको एमाले म्याग्दीले जनाएको छ ।
धौलागिरी २ मा गमप्रसाद बिक, ३ मा पूर्म पुन, ४ मा बेगप्रसाद घर्ती, ५ मा तिर्सना दर्जी, ६ राजराम सुवेदी र ७ मा कलानिधी सुवेदी, रघुगंगा १ मा नरसिङ पुन, ३ मा अर्जुन सुवेदी, ५ मा कृष्णबहादुर थजाली, ७ मा ओमबहादुर पुन र ८ चन्द्रमान छन्त्याल वडा अध्यक्षको उमेद्वार दर्ता गर्नुभएको छ । अन्नपूर्ण १ मा दिलीपकुमार गर्बुजा, २ मा याम फगामी, ३ मा नरसिङ पुर्जा, ४ मा रुमलाल पुन, ५ मा भिमबहादुर तिलीजा, ६ मा गोकुल बरुवाल, ७ मा चन्द्रबहादुर पुन र ८ मा खमबहादुर गर्बुजाले एमालेबाट वडा अध्यक्षको उमेद्वारी दर्ता गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रले अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा ओमबहादुर फगामी र ५ शिखमा बागबिर पाईजालाई वडा अध्यक्षको उमेद्वार बनाएको छ । बेनपा १ मा चित्रबहादुर थापा, २ मा कृष्ण कार्की, ४ मा अणबहादुर खड्का (भगवान) ५ मा सागर पौडेल, ६ मा यादव सुवेदी र ९ मा झलक बिकले माओवादी केन्द्रको तर्फबाट उमेद्वारी दर्ता गराउनुभएको छ । मंगला गाउँपालीका २ बाबियाचौरमा बृन्दा खड्का, ३ मा यामबहादुर रोका, ४ मा ओमबहादुर रोका (रवी) र ५ मा मनबहादुर मगर वडा अध्यक्षका लागि चुनावी मैदानमा उत्रिनुभएको छ ।

मालीका गाउँपालीका १ मा गोविन सिउथानी, २ मा अमबहादुर बिक, ३ मा बलबहादुर पुन, ४ मा दिलीप शेरचन, ५ मा रवीन्द्र राना, ६ मा खड्ग छन्त्याल माओवादी केन्द्रबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएको छ ।

यसैगरी धौलागिरी गाउँपालीका १ गुर्जामा झकबहादुर छन्त्याल, ३ मुनामा यामबहादुर भण्डारी, ६ मराङमा बालकृष्ण सुवेदी, ७ ताकममा खमबहादुर थापा र रघुगंगा २ भगवतीमा रिमबहादुर कटुवाललाई उमेद्वार बनाएको माओवादी केन्द्रले जनाएको छ । राप्रपाले बेनपा १ मा रामबहादुर थापामगर, ९ मा पूर्णबहादुर कार्की (सुर्य), मंगला २ बाबियाचौरमा बिनोद भट्टचन, ४ अर्मनमा योगेन्द्रमान शेरचन र रघुगंगा ७ पाखापानीमा जगतनारायण गौचनलाई वडा अध्यक्षको उमेद्वार बनाएको छ । राष्ट्रिय जनमोर्चाबाट बेनपा ४ सिंगामा टिकाप्रसाद रानाले वडा अध्यक्षको उमेद्वारी दर्ता गर्नुभएको छ ।

                  कहाँ को कस्को तालमेल भयो ?

बेनी नगरपालीकामा नेपाली काँग्रेसका मेयरका उमेद्वार हरिकुमार श्रेष्ठलाई सहयोग गर्ने सहमतीमा माओवादी केन्द्रकी ज्योती लामीछानेले उपमेयरमा उमेद्वारी दर्ता गर्नुभएको छ भने एमालेका उमेद्वार प्रमोद श्रेष्ठलाई सहयोग गर्ने सहमतीमा राप्रपाले सञ्जु बरुवाललाई उपमेयरको उमेद्वार बनाएको छ । धौलागिरी गाउँपालीकाको अध्यक्ष, उपाध्यक्ष र केही वडामा काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । माओवादी केन्द्रका रिमप्रकाश थापाले अध्यक्ष, काँग्रेसका डम्मरबहादुर भण्डारीले उपाध्यक्षमा उमेद्वारी दिनुभएको छ ।

मंगला गाउँपालीकाको अध्यक्ष र उपाध्यक्ष पदमा प्रमुख तिन दलको तर्फबाट उमेद्वारी दर्ता भएको छ भने कुुहुँमा काँग्रेसले वडा अध्यक्ष सहित १ सदस्य र माओवादी केन्द्रले ३ सदस्यमा उमेद्वारी दिएका छन् । रघुगंगा गाउँपालीकाको अध्यक्षमा एमालेका खिमबहादुर शाही, उपाध्यक्षमा माओवादी केन्द्रका हरी भण्डारीको उमेद्वारी दर्ता गरेका काँग्रेस माओवादीले वडा अध्यक्ष र सदस्यहरुमा समेत तालमेल गरेर उमेद्वार दर्ता गरेको बताएका छन् ।

मंगला र अन्नपूर्ण गाउँपालीकामा भने काँग्रेस र माओवादी केन्द्रका जिल्ला स्तरका नेताहरुबिच अध्यक्ष, उपाध्यक्ष पदमा तालमेल गरेर उमेद्वारी दर्ता गराउने विषयमा भएको सहमती एक हप्ता पनी टिक्न सकेन् । पद बाँडफाडँमा कुरा नमिलेपछि दुई वटा दलले आ आफ्नै तरीकाले उमेद्वारी दर्ता गराएका छन् । राप्रपाले स्थानीय तहमा एमालेका उमेद्वारलाई सघाउने जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।

भकीम्ली र बिममा स्वतन्त्र उमेद्वारको चर्चा
बेनी नगरपालीका ३ भकिम्ली र मालीका गाउँपालीका ७ बिमबाट स्वतन्त्र उमेद्वारको प्यानलनै मनोनयन दर्ता भएको छ । भकिम्लीका पृथीप्रसाद पुनले मेयर, पूर्ण पुनले उपमेयर र पदम पुनले वडा अध्यक्षमा उमेद्वारी दर्ता गर्नुभएको छ । यसैगरी बिमका हर्कमान जुक्जालीले गाउँपालीका अध्यक्ष र रेशम जुक्जालीले वडा अध्यक्षमा उमेद्वारी दर्ता गर्नुभएको छ ।

दुवै ठाउँमा पुरा प्यानल भएको स्वतन्त्र उमेद्वारहरुलाई माओवादी केन्द्रले सर्मथन गर्ने जनाएको छ । स्वतन्त्र उमेद्वारी दिएका उनीहरु माओवादी पृष्ठभुमिका हुन् । वडा अध्यक्षका उमेद्वार पुन र जुक्जाली गाउँमा अगुवाको रुपमा चिनिन्छन् ।   दोस्रो संबिधानसभा चुनावमा उनीहरु निर्वाचन बहिस्कारको पक्षमा रहेको तत्कालीन मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा आवद्ध थिए । पछिल्लो समय उनिहरु कुनै पनी दलमा आवद्ध छैनन् ।

सन्तोष गौतम