लाम्मेलामा पहिराेमा तीन जनाकाे मृत्यु, ७ जना घाइते

  • २० श्रावण २०७६, सोमबार
  • 3634 पटक पढिएको

 जसिन्द्र श्रीपाली

बाग्लुङ । तमानखोला गाउँपालिकाको वडानम्बर ४ स्थित लाम्मेला सन्तरमा पहिरोमा पुरिएर तिन जनाकाे मृत्यु भएकाे छ भने ७ जना घाइते भएका छन् । पहिराेमा पुरीएकाहरूकाे खोजी तीब्र पारिएको छ । पहिरोले ४५ वर्षीया पञ्चमा श्रीपाली, उनकी सासु ६० वर्षीया असारी श्रीपाली र १३ वर्षका प्रवीण श्रीपालीको मृत्यु भएको हो ।

 

पञ्चमाको शव भेटिएको छ । असारी र प्रवीण भने बेपत्ता छन् । इलाका प्रहरी कार्यालय बोगांदोभानबाट खटिएकाे टोली र स्थानीय बासिन्दा उनीहरुको खोजीकार्यमा जुटिरहेका छन् ।  पहिरोमा ७ जना घाइते भएका छन् । पहिरोमा बेपत्ता प्रवीण स्थानीय सरस्वती आधारभुत विधालय लाम्मेलामा कक्षा ४ मा अध्ययरत थिए ।

पहिरोले ६ घर पुरेको वडाअध्यक्ष उदिमबहादुर छन्त्यालले जानकारी दिनुभयो । वडाअध्यक्ष छन्त्यालका अन्सार अन्य केहीघरमा समेत सामान्य क्षति पुगेको छ । पहिरो खसेको ठाउँमा ढुंगा तथा माटो बग्ने क्रम रोकिएको छैन । त्यसबाट पहिरो छेउका बासिन्दा पीडित भएका छन्  ।