यी हुन रघुगंगा गाउँपालिकाको उप–प्रमुखका उम्मेदवार हरिबहादुर भण्डारी

  • २० बैशाख २०७४, बुधबार
  • 4227 पटक पढिएको

म्याग्दी, २० वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह चुनाबमा रघुगंगा गाउँपालिकाको उप–प्रमुखमा उम्मेदवार बनेका हरिबहादुर भण्डारीको चर्चा बढेको छ । रघुगंगा गाउँपालिका–२ भगवतीको सिजलगाउँका ३३ बर्षका युवा भण्डारीको गाउँपालिकाको उप–प्रमुखमा उम्मेदवारी दर्ता भएपछि गाउँपालिकाको अधिकाँश बस्तीहरुमा उनको चर्चा सुरु भएको हो ।
पछिल्लो समय युवा जमातले राजनितीमा समेत युवाहरुको नेतृत्व खोजिरहेको सन्दर्भमा गाउँपालिकाको उपप्रमुख जस्तो गरिमामय पदमा भण्डारीले उम्मदेवारी दिएपछि यस गाउँपालिकाका अधिकाँश युवाहरु समेत उत्साहित बनेको देखिन्छ । आकर्षक वैदेशिक रोजगारिलाई त्यागेर जिल्लामै केही गर्ने अठोटका साथ यातायात व्यवसाय थालेका भण्डारी अहिले सफल युवा व्यवसायिको रुपमा चिनिन्छन् । व्यवसाय संगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका भण्डारीले सामाजिक कार्य र जनताको सेवाको लागि आफुले उप–प्रमुख पदमा उम्मेदवारी दिएको बताउँछन् ।
‘‘ राजनितीमा रहेर जनताको सेवा गर्नु नै मेरो उदेश्य हो, त्यसैले गाउँपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिएको छु, आसा छ सबैको साथ र सहयोगले बिजयी हुन्छु,’’–उनले भने । भण्डारीले रघुगंगा गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तालमेलको तर्फबाट उप–प्रमुखमा एकल उम्मेदवारी दर्ता गराएका हुन् । उनको तर्फबाट गाउँपालिकाको प्रमुखमा एमालेका खिमबहादुर शाही उम्मेदवार रहेका छन् ।
तीन बर्ष वैदेशिक रोजगारिको शिलसिलामा कतारमा बसेर फर्केपछी स्वदेशमै यातायात र अटो व्यवसाय थालेका भण्डारीले आफुले युवाहरुलाई स्वदेशमै आत्मनिर्भरको बाटोतर्फ लैजानका लागि समेत आबश्यक योजनाहरु बनाईरहेको बताउँछन् । ‘‘ वास्तबमा वैदेशिक रोजगारि हामीहरुको लागि बाध्यता बनेको छ, अब त्यसको विकल्प खोजिनुपर्छ भन्ने मेरो मान्यता हो , यदि निर्वाचनमा मलाई बिजयी गराउनुभयो भने मैले युवाहरुलाई मुलुकमै स्वरोजगार बनाउने योजनाहरुलाई अगाडी सार्ने तयारी समेत गरेको छु,’’–उनले भने ।
भण्डारीले वैदेशिक रोजगारि त्यागेर सुरु गरेको यातायात र अटो व्यवसायमा अहिले १५ जनाले रोजगारि समेत पाएका छन् । ‘‘हिजो घरखर्क जुटाउनकै लागि म विदेशमा जान बाध्य भएको थिए , अहिले यो आम नेपाली युवाहरुको लागि अनिवार्य जस्तै बनेको छ, बास्तवमा स्वदेशमै युवाहरुलाई रोक्नका लागि अब युवा नेतृत्वको आबश्यकता देखेर म गाउँपालिकाको उपप्रमुखमा उम्मेदवार बनेको हुँ,’’– उनले थपे । सुरुमा म्याग्दी बस तथा जिप सञ्चालक समितिमा आबद्ध भई बस खरिद गरि यातयात व्यवसाय थालेका भणडारीले पछि ट्याक्टर र जिप समेत खरिद गरि यातयात सेवा दिदै आएका छन् । यातयात सेवा संगै ग्यारेज र अटोपार्टस व्यवसाय समेत सञ्चालन गरेका भण्डारी छोटो समयमै व्यवसायिक र राजनितीक रुपमा समेत अग्रस्थानमा पुग्न सफल भएका छन् ।

वाईसिएलको भगवती गाविस अध्यक्ष हुँदै राजनितीमा प्रवेश गरेका भण्डारी हाल नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य समेत हुन् । उनी व्यवसाय र राजनिती संगै विभिन्न सामाजिक क्षेत्रहरुमा समेत सक्रिय छन् । क्षत्री समाजको भगवती अध्यक्ष समेत भईसकेका भण्डारी स्थानीय सामुदायिक बनको उपाध्यक्ष रहेर समेत काम गरीसकेका छन् । तत्कालिन भगवती गाविस अन्र्तगत सिजलगाउँमा सर्वदलिय संपन्त्रको वडा अध्यक्षमा रहेर समेत गाउँमा विकास निर्माणका कार्यहरुलाई अगाडी बढाइरहेका भण्डारीले सिजलगाउँमा मोटरबाटो पु¥याउन नेतृत्वदायि भुमिका खेलेका थिए ।
पिप्लेको अक्षताबाट सिजलगाउँसम्मको सडक सञ्जाल विस्तार र गाउँमुनीसम्म पुगेको सडकलाई अक्षता सम्मको सडक सञ्जालमा जोड्ने योजनामा भण्डारी आफै अध्यक्ष भएर काम गरेका थिए । पछिल्लो समय रुईसे–भेडिओढार पर्यटन विकास समितिमा रहेर धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारा राखु क्षेत्रको पर्यटन विकासको लागि समेत सक्रिय रहेका भण्डारी म्याग्दी जेसिज लगायतका विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन् । उनले रघुगंगा गाउँपालिकामा आम जनतालाई असुविधा हुने गरि केन्द्र तोकिएपछि सुरु भएको नागरिक आन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए ।
रघुगंगा वारीका झिँ, पाखापानी र कुईनेमंगले र रघुगंगा गाउँपालिका पारिका पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोलाका जनताहरुलाई फरक फरक व्यवस्थापनका लागि थप गाउँपालिकाको माग सहित प्रधानमन्त्री प्रचण्ड लगायत शिर्ष दलका प्रमुख नेताहरुलाई प्रत्येक्ष ध्यानकर्षण गराउने क्रममा समेत रचनात्मक भुमिका निर्वाह गरेका थिए । भण्डारी आफु वैदेशिक रोजगारिको शिलसिलामा कतारमा रहेको समयमा समेत म्याग्दी रखाल समाजमा रहेर विभिन्न सामाजिक क्षेत्रमा सहयोग जुटाउने अभियानमा सक्रिय भुमिका खेलेका थिए भने अहिले जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा सहयोग जुटाउने र राहत दिने कार्यमा समेत सक्रिय छन् । भण्डारीले आफु गाउँपालिकाको उपप्रमुखमा निर्वाचित भएमा भौगोलिक बिकटताको कारण केन्द्र विवाद रहेकाले बैकल्पिक व्यवस्था नभएसम्मको लागि रघुगंगा वारिका जनतालाई पाखापानी र पारिका पाँच गाविसका जनतालाई मौवाफाँटमा केन्द्र रहने गरि घरदैलौमै सेवा सुविधा पु¥याउने प्रतिबद्धता जनाएका छन् ।