चाैथाे जिल्ला सभा, बजेट विनियोजन भन्दा कार्यान्वयन पक्ष महत्वपुर्ण : मन्त्री थापा

  • १९ श्रावण २०७६, आईतवार
  • 2357 पटक पढिएको

म्याग्दी, १९ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले वजेट विनियोजन भन्दा कार्यान्वयन पक्ष महत्वपुर्ण हुने बताएकी छन् । सरकारले विकास र शुसासन वृृद्धिका गर्नका लागि बजेट विनियोजनमात्र सफल मात्र नहुने बताउदै कार्यान्वयन पक्षमा जनप्रतिानिधि र कर्मचारीको जवाफदेहीता हुनुपर्ने बताईन ।

जिल्ला समन्वय समितिको चौथो जिल्ला सभालाई उद्घाट्न गर्दै मन्त्री थापाले सरकारले संघियताको मर्म अनुसार निति, नियम र काुनन निर्माणमा सरकारको समय विताएको जानकारी दिईन । सरकार पारदर्शिता, शुसासन र विकासमा प्राथमिकता दिएर अघि बढेको छ । स्थानीय तह जनताको भावना अनुसार स्थानीय स्रोतसाधनलाई परिचालन गरेर समृद्धिको यात्रामा क्रियाशिल बन्न आग्रह गरेकी थिईन ।
भष्ट्रचार न्यूनिकरणमा सरकार लागेपनि भष्ट्रचार रोकीएको छैन् । उनले स्थानीय तहहरुले समेत त्यसतर्फ ध्यान दिन आग्रह गर्दै, पालिका, जिल्ला समन्वय, प्रदेश र संघिय सरकारले सहकार्य गरि विकास निर्माण र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताईन ।


त्यस्तै प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले हिमाली जिल्लामा कायम भएको म्याग्दीले हिमालीको जिल्लाको सुविधा पाउनुपर्ने बताए । हिमाली जिल्लाको सुविधासहित जलविधुत, पर्यटन, जडिवुटी, पशुपालनमा प्राथमिकता दिनुपर्ने बताए । भष्ट्रचार न्युनिकरणका लागि शुन्यशहनशिलता भनेपनि भष्ट्रचार विभिन्न कार्यालयमा नरोकिएको बताउदै भष्ट्रचार गर्नेलाई कारबाही गनुपर्ने बताए ।

त्यस्तै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले भाषणले मात्र समृद्ध नेपाल सुखी नेपाली नहुने बताईन । संघ, प्रदेश र स्थानीय तहले रोजगारी र सिप विकास, ब्यवसायिक क्षेत्रमा युवाहरुलाई आकर्षण गर्न तालिम आयोजना गरेपनि उपलब्धी मूलक नवनेको बताई । त्यस्तै प्रदेश सांसद विनोद केसीले जिससको अनुगमनलाई थप प्रभावकारी बनाउन जोड दिए । विकास निर्माणमा योजना प्रभावकारी कार्यान्वनमा जनप्रतिनिधि तथा कर्मचारी जवाफदेहीता बन्नुपर्ने बताए ।

संविधान सभा सदस्यत्रय गोविन्द्र पौडेल, नवराज शर्मा, रेशम वानियाँले जिल्लामा विकास बजेट भित्रने क्रम बढ्दो रहेकोले कार्यान्वयन गराउन स्थानीय सरकार क्रियाशिल हुनुपर्नेमा जोडदिए । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, धोवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, नेकपाका नेता बालकृष्ण सुवेदी नेपाली काग्रेसका उपसभापति माधवप्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चाका छवि विक, नेपाल पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादर कटुवालले मन्तव्य राखेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले दुई बर्ष कार्यकालमा भएको जिल्लाको विकास अवस्था, गतिविधि र जिससको भूमिका प्रस्तुत गरेका थिए । जिसस प्रमुख केसीको अध्यक्षता, सदस्य शेरबहादुर केसीको स्वागत, शाखा अधिकृत अर्जुन शर्माको संचालनमा सम्पन्न कार्यक्तममा जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाले कार्यालयको बार्षिक प्रगति विवरण पेश गरेका थिए ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

????????????????????????????????????