राखु भगवतीमा पञ्चेबाजा गितको भिडियो छायाकंन

  • २० बैशाख २०७४, बुधबार
  • 4520 पटक पढिएको

म्याग्दी,२० बैशाख । म्याग्दीको  राखुभगवतीमा  पञ्चेबाजा गितको भिडियोको छायाकंन  भएको छ ।  आफ्नो जन्मस्थललार्ई गितको मार्फत चिनाउन दशरथ खत्रीले “ झ्याप्पै भेट भो बेनीबजारमा”  बोलमा रहेको पञ्चेबाजा गितको  भिडियो सुटिङ राखुमा गराएका हुन् ।


रोजगारको शिलशिलामा कतारमा रहेका दशरथ खत्री, धन बरुवाल र नारण शर्माले सहकार्यमा  रहेको लय शब्दमा पहिलो एल्बमको गित बजारमा ल्यााएको हुन । उक्त गितको गायक प्रकाश सपुत÷दशरथ खत्री र देवी घर्तीको स्वरमा रहेको गितको निर्देशन शंकर विसिले गरेका हुन । गितमा मोडेल गायक दशरथ खत्री र चर्चित मोडेल अन्जली अधिकारीले गरेका हुन् ।


गितको छायाकंन म्याग्दीको सदरमुकाम बेनीबजार, धार्मिक पर्यटकिय स्थल गलेश्वरधाम र  पर्यटकिय सम्भावना रहेको धार्मिक रुपमा एतिहासिक भगवती कोट मन्दिर र रुईसे भेडिओढारको पर्यटन विकास र राखुमा रहेको मौलिक सस्कृतिको प्रबद्धन गर्ने उद्देश्यले जन्मस्थलमा गितको भिडियो गरिएको गायक दशरथ खत्रीले बताए ।