अन्तर मा.वि. प्रतिभा पहिचान कार्याक्रम सम्पन्न

  • २० बैशाख २०७४, बुधबार
  • 2677 पटक पढिएको

म्याग्दी, २० वैशाख । बेनीमा अन्तर बिद्यालय स्तरीय प्रतिभा पहिचान कार्यम सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीको आयोजनामा १९ गते मंगलबार कार्यक्रम सम्पन भएको हो । बिद्यार्थीहरुमा रहेको प्रतिभालाई पहिचान गर्ने उद्धेस्यले हरेक बर्ष झैँ यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाका १२ वटा श्रोतकेन्द्रबाट छनोट भएर आएका करिब २२ जना बिद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

साहित्य भाषा, बिज्ञान, गणित, संगीत र बिशेष कला गरि विधमा श्रोत केन्द्रबाट छनौट भएर आएका प्रतिस्प्रधिहरुलाइ बेनी स्थित वेस्ट पोइन्ट आ.मा.विको अडिटोरियम हलमा अन्तिम प्रतिष्पर्धा गराइएको हो । प्रतियोगोतामा चित्रकला तर्फ प्रकाश माविका राजेश बिक प्रथम, नृत्य तर्फ बेनी सामुदायिक माविकी सुस्मिता किसान प्रथम, न्यु वेस्ट पोइन्ट आवासीय माविकी दीक्षा जिसी द्वितीय र बिद्योदय माविकी कविता थापा तृतीय भएका छन् ।


त्यसै गरि बक्तृत्वकला तर्फ अर्जुन माविकि कुसुम सुनार, अभिनय तर्फ पवन सुनार बिज्ञान तर्फ समिर बराइली र गायन तर्फ भानुमाविकी गुमा जिसी र बिशष कला जादुतर्फ वेस्ट पोइन्टका निश्चल जुग्जाली उत्कृस्ट भएका छन् । कार्यक्रममा निर्णायकको रुपमा भक्त कार्की संजय श्रेष्ठ प्रकाश र कुमार श्रेष्ठ र प्राबिधिक सहयोग वेस्ट पोइन्टका शिक्षक रोशन गुरुंगले गर्नु भएको थियो ।

उत्कृस्ट भएका बिद्यार्थीहरु मध्ये कुनै एक विधामा क्षेत्रीय प्रतियोगिता पोखरामा सहभागी गराइने कार्यालयले जनाएको छ । नयाँ शैक्षिक शत्रको शुरुवात भएको र कतिपय बिद्यालय भर्खरै मात्र खुलेको कारण गत बर्ष झैँ ब्यापक सहभागिता हुन नसकेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा उत्कृस्ट हुने बिद्यार्थिलाई नगद पुरस्कार प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रम जिल्ला शिक्षा अधिकारि राम कुमार श्रेष्ठको सभापित्व बिद्यालय निरीक्षक दल बहादुर थापाको स्वागत मंतव्य र प्रकाश गुरुङ्गको संचालनमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयलाई उद्दृत गर्दै कृष्ण जिसीले बताएका छन् ।