दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

  • १६ श्रावण २०७६, बिहीबार
  • 4260 पटक पढिएको

 

म्याग्दी १६ साउन । मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् ।जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भएका हुन् ।

नेपाल केन्पोकाईको तर्फबाट १४/१५ वर्ष उमेर समूहमा कक्षा १० का नारायण सिउथानी र १०/१३ वर्ष उमेर समूहमा कक्षा ७ का भिमसेन अधिकारी छनौट भएका प्रशिक्षक अनुप गौचनले जानकारी दिनुभयो ।साउन २० गते जापान जान लागेका सिउथानी र अधिकारीलाई बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको प्रबन्ध निर्देशक गोविन सिउथानीले बताउनुभयो ।