गृहगाउँ मल्कबाङमा समाजसेवी चन्द्रबहादुर छन्त्याललाई सम्मान (फोटो फिचर)

  • १६ श्रावण २०७६, बिहीबार
  • 2840 पटक पढिएको

म्याग्दी १६ साउन ।  म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा बस्दै आउनुभएका समाजसेवी चन्द्रबहादुर छन्त्याललाई गृहगाउँमा सम्मान गरिएको छ । १९ बर्ष पछि गाउँमा पुग्नुभएका छन्त्याललाई स्थानीय आमा समुह र विद्यालयले स्वागत तथा सम्मान गरेका हुन् ।


जनचेतना आमा समुहले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष लालकुमारी छन्त्याल लगायत पदाधिकारी र सदस्यहरु सहित स्थानीय समाजसेवीहरुले छन्त्याललाई अविर, खादा लगाएर सम्मान गरेका थिए । करिब २ दशकपछि गृहगाउँमा पुगेका छन्त्यालले आफु गाउँमा नहुँदा समेत गृह गाउँको शिक्षा, स्वास्थ्य लगायतको सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनुभएको थियो ।


आफ्नो बाल्यकाल समेत मल्कबाङमै बेतिथ भएको स्मरण गर्दै सम्मानित हुनुभएका चन्द्रबहादुरले आमा समुह र विद्यालयको सम्मानले आफुलाई थप जिम्मेवारीबोध र सामाजिक कार्यमा उत्साहित बनाएको बताउनुभयो । बसोबास र रोजगारिको शिलसिलामा गृहगाउँदेखि धेरै बर्षसम्म टाढा रहेपनि आफ्नो मन र भावना भने संधैभरी जन्मथलो मल्कबाङसंगै रहेको उहाँले स्मरण गर्नुभयो ।

छन्त्यालको बसोबास पोखरा रहेको छ भने रोजगारिको सिलसिलामा युकेमा समेत रहँदै आउनुभएको छ । छन्त्यालको सम्मानमा पञ्चेबाजा सहित साँस्कृतिक कार्यक्रम र नाचगान समेत गरिएको थियो । उहाँको सम्मानमा स्थानीय जनजागृति माध्यमिक विद्यालयले समेत छुट्टै कार्यक्रम आयोजना गरि स्वागत तथा सम्मान गरेको थियो ।