ज्यामरुकोटको एनसेल टावरमा आगजनी

  • १६ श्रावण २०७६, बिहीबार
  • 2294 पटक पढिएको

म्याग्दी १६ साउन । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ । गयराति करिब पौने ११ बजे विष्फोटको आवाज आएसंगै टावरमा आगजनी भएको थियो । टावरमा आगजनी भएर जेनेरेटर जलेको अबस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

घटनास्थलको अवलोकनको क्रममा टावरमा जेनेरेटर जलको अबस्थामा भेटिएको भएपनि विद्युत सर्ट वा आगजनी के भएको भन्ने नखुलेको प्रहरीले जनाएको छ । टावर वरपर बम विष्फोट गराएको कुनै बस्तु फेला नपरेको कारण अज्ञान समुहले आगजनी गराएको हुनसक्ने अनुमान गरिएको छ ।

आगजनी भएको टावरमा एनसेलका प्राविधिकहरु समेत अवलोकनको लागि आउने तयारी गरेको प्रहरीले जनाएको छ । म्याग्दीमा गत फागुनमा विभिन्न ४ स्थानमा रहेका एनसेलका टावरमा आगजनी भएको थियो । प्रहरी अनुसंधानले ती घटनामा बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुको संलग्नता देखाएको थियो ।