रघुगंगा–४ को वडा अध्यक्षमा काँग्रेसका गर्बुजा निर्विरोध

  • २० बैशाख २०७४, बुधबार
  • 4130 पटक पढिएको

म्याग्दी, २० वैशाख । म्याग्दीको रघुगंगा गाउपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार भएको मनोनयन दर्तामा वडा ४ को वडाअध्यक्षमा गर्बुजाको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध अध्यक्षमा चुनिनुभएको हो ।


गुर्बजा जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ । वडा नम्बर ४ मा गर्वुजा संगै चारै जना सदस्य समेत निर्विरोध निर्वाचित भएका छन् ।


खुला वडा सदस्यमा धनप्रसाद गर्बुजा, कृष्ण गुर्बजा, महिला सदस्यमा विना गर्वुजा र महिला दलित सदस्यमा सविता दर्जीको मात्रै उम्मेदवारी परेपछि उहाँहरु समेत निर्विरोध निर्वाचित भएका हुन् ।


वडा अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि अध्यक्ष गर्वुजाले जनताले आफुप्रति देखाएका विश्वासलाई व्यवहारमा बदलेर गाउँका जनताको सेवा गर्ने प्रतिकृया दिनुभयो ।
यसैबीच, वडा–८ कुईनेमँगलेबाट काँग्रेसकै महिला सदस्य प्रिति गर्बुजा र दलित महिला सदस्य यामकुमारी गोतामे घर्तीको मात्रै उम्मेदवारी परेपछि उहाँहरु समेत निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।