आहा लोप्रे गाउँ…….. (फोटो फिचर)

  • १५ श्रावण २०७६, बुधबार
  • 3842 पटक पढिएको

 

म्याग्दी, १५ साउन । म्याग्दीसंग सिमाना जोडिएको जलजला गाउँपालिका–५ को लोप्रे गाउँबाट देखिएको धौलागिरि हिमाल ।

साउन महिनामै हिमाल खुल्दा मनमोहक दृष्य देखियो । मगर समुदायको बसोबास रहेको लोप्रे गाउँ कर्बाकेली पदमार्गमा समावेश छ । समुन्द्री सतहदेखि दुई हजार २ सय मिटरको उचाइमा अवस्थित लोप्रेबाट सुर्योदय, ग्रामिण बस्ती, हिमाल र पहाडी भुगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

मगर संस्कृति पनि लोप्रे गाउँको आकर्षण हो । सदरमुकाम बेनी देखि मल्लाज हुदै तीन घण्टा उकालो पैदल हिडेपछि लोप्रे गाउँ पुगीन्छ । गाडीमा डेढ घण्टा लाग्छ । गाउँमा आउने पाहुनाका लागि लोप्रे नजिकैको फलामे डाडाँमा पाहुनाघर र सामुदायिक डाइनीङ हल सञ्चालन गरिएको छ । शब्द सन्तोष गौतम, तस्बिर पुर्ख पुर्जा पुन