युएईमा हुन लागेको म्याग्देली साँस्कृतिक धमाका २०१९ सम्पूर्ण तयारी पुरा

  • १३ श्रावण २०७६, सोमबार
  • 2968 पटक पढिएको

युएई, १३ साउन । रोजगारिको शिलसिलामा युएई पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)युएई ले आयोजना गर्न लागेको ‘म्याग्देली सांस्कृतिक धमाका २०१९’ को सम्पूर्ण तयारी पुरा भएको छ । २६ जुलाई शुक्रबारको दिन दुबइको बरदुबईमा बसेको कार्यक्रम तदर्थ समितिको बैठक ले सम्पूर्ण तयारी पुरा गरेको जानकारी कार्यकारी समितीलाई दिएको छ । मोना युएई ले आफ्नो आपतकालिन राहतकोष स्थापनार्थ को लागि आगामी अगस्ट ९ तारिक दुबइको देरा दुबइ स्थित काल्टर्न टावर होटेलमा ‘म्याग्देली साँस्कृतिक धमका २०१९’को आयोजना गरेको र तयारी पुरा भएको कार्यक्रम संयोजक बिक्रम अधिकारी जानकारी दिए ।

उक्त सांस्कृतिक धमकामा नेपाल देखी बरिष्ट लोकगायक खड्ग गर्वुजा, चर्चित लोक गायिका देबी घर्तिमगर , लोक तथा हास्यकलाकार रबी कार्की लगायत मोडल तथा नृत्य कलाकार रबिना भण्डारी को प्रस्तुती रहनेछ । रकार्यक्रममा मोना युएईमा आबद्द कलाकारहरुको पनि बेजोड साँगेतिक प्रस्तुतिहरु रहने छन । यो साँगेतिक माहोल ले युएई मा रहेका म्याग्देली र गैरम्याग्देलीहरु को आपसी सम्बन्धमा बढ्ने अपेक्षा गरिएको छ । म्याग्दीको कला संस्कृति लाई प्रवासमा अन्य जिल्लाबासीहरुलाई समेत चिनाउने अवसरको रुपमा कार्यक्रमलाई लिईएको संस्थाका अध्यक्ष रुद्र बहादुर रोकाले बताए ।

मोना युएई को यस कार्यक्रमलाई सफल बनाउन एनआरएनए, हातेमालो समुह आबुधाबी, बाग्लुङ सेवा समिती, कास्की आदर्श सेवा समाज, पर्बत सेवा समाज, इनास, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल युएई शाखा जस्ता सामाजिक सस्थाहरुले सहयोग गरेका छन भने फिस्टेल ट्राभल्स,नेपाली चुलो, नाग्लो रेस्टुरेन्ट, एभरेस्ट पोइन्ट रेस्टुरेन्ट, जिसिडी ग्रुप अफ कम्पनी, प्यारागन केमिकल्स ट्रेडिङ कम्पनीहरु ले प्रायोजक गरेका छन । कार्यक्रमको मिडिया सहयोगिहरुमा म्याग्दी अनलाईन, बेनी अनलाइन, पिआर इन्टर्टेन्टमेन्ट, र म्याग्दी न्युज रहेका छन । यस कार्यक्रममा करिब १ हजार जना को उपस्थिती रहने अनुमान गरिएको मोना युएइका महासचिब सुवास राम्जालीले जानकारी दिनुभयो । मोना युएई ले जिल्लामा परेको बिपतहरुमा निरन्तर रुपमा आर्थिक सहयोग गर्ने गरेको छ ।