म्याग्दीको ६ ओटै केन्द्रमा उम्मेद्वारी दर्ता

  • १९ बैशाख २०७४, मंगलवार
  • 4311 पटक पढिएको

म्याग्दी,१९ म्याग्दी । म्याग्दीको ६ वटा स्थानीय तहमा मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पहिलो चरणको निर्वाचन कार्यतालिका अनुसार म्याग्दीका एकनगरपालिका सहित ६ स्थानीय तहमा मनोनयन दर्ता भएको हो ।


निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिकामा काँग्रेस–माओबादी गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका जिल्ला सचिब हरिकुमार श्रेष्ठ र उपमेयरमा माओबादी केन्द्रकी नेतृ ज्योति लामिछाने र नकपा एमाले र राप्रपाको गठबन्धनमा मयेर एमालेका जिल्ला सदस्य प्रमोद श्रेष्ठ र उप–मेयरमा राप्रपाका जिल्ला सह–सचिव सन्जु बरुवालले उम्मेद्वारी दर्ता गरेका छन् ।


धवलागिरि गाउँपालिकामा काँग्रेस–माओबादी गठबन्धनबाटै माओबादी केन्द्रका नेता रिमप्रकाश थापाले प्रमुख र काँग्रेसका डम्मरबहादुर भण्डारीले उपप्रमुखमा उम्मेद्वारी दर्ता गरेका छन् । एमालेको तर्फबाट प्रमुखमा थमसर पुन र उपप्रमुखमा रेशम छन्त्यालले उम्मेद्वारी दिएका छन् ।
मालिका गाउँपालिकामा भने मूख्य तीन दल काँग्रेस, एमाले र माओबादी एक्लाएक्लै चुनाब लड्ने भएका छन् । काँग्रेसको तर्फबाट प्रमुखमा श्रीप्रसाद रोका र उपप्रमुखमा विमला रोकाले उम्मेद्वारी दिएका छन भने एमालेले बेगप्रसाद गुर्बजा प्रमुख र खरमायाँ विटालुलाई उपप्रमुखमा उठाएको छ । माओबादी केन्द्रका तर्फबाट प्रमुखमा कमल केसी र उपप्रमुखमा गौमायाँ श्रीपालीले उम्मेद्वारी दिएका छन् । मंगला गाउँपालिकामा काँग्रेस–माओबादी गठबन्धनबाट चन्द्रबहादुर बुढाथोकी प्रमुख र काँग्रेसबाट हुमादेवी फगामी चुनाबी मैदानमा उत्रिएकी छन् ।

रघुगंगा गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाबाट मेयरमा एमालेका जिल्ला सदस्य खिम शाही र उप–मेयरमा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य हरि भण्डारीले दर्ता गराएको  छ ।भने नेपाली काग्रेसबाट मेयरमा जिल्ला सदस्य भवबहादुर भण्डारी र उप–मेयरमा जिल्ला सदस्य कमला तिलिचालाई र नयाँ शतिmबाट इन्द्रबहादुर मगरले  निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएको पाखापानी निर्वाचन कार्यालयले जानकारी दिएको छ।
अन्नपूर्ण गाउँपालिकामा काँग्रेस–माओबादी गठबन्धनबाट क्या. डमबहादुर पुनले गाउँपालिका प्रमुखमा उम्मेद्वारी दिएका छन् भने एमालेका तर्फबाट नारायण पुनले प्रमुखमा उम्मेद्वारी दर्ता गरेका छन् ।