स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार जना रंगेहात पक्राउ ( भिडियोसहित)

  • १२ श्रावण २०७६, आईतवार
  • 8555 पटक पढिएको

म्याग्दी १२ साउन । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित ४ जना कर्मचारी घुस रकम सहित प्रक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले आईतवार दिउँसो कार्यालयकै कर्मचारीबाट लिएको घुस रकम सहित चार जनालाई पक्राउ गरेको हो ।

घुस सहित पक्राउ पर्नेमा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम प्रसाद आचार्य, अधिकृत रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

‘‘ पेश्की पछ्र्यौट गरिदिने बाहानामा रु १ लाख ५० हजार घुस मागेको सुचना आएपछि टोलि खटाईएको थियो, पछि १ लाख ३० हजारमा कुरा मिलेको देखियो, उनीहरुले घुस रकम बुझेपछि टोलीले स्टिङ्ग अप्रेशन गरेर नियन्त्रणमा ल्याएको हो’’ सुचना अधिकारी रिजालले भने ।

घुस सहित नियन्त्रणमा लिईएका स्वास्थ्य कार्यालयका कर्मचारीलाई आईतवार साँझ नै अख्तियारको टोलीले पोखरा लगेको छ । पक्राउ परेका कर्मचारीहरुमाथि थप अनुसंधान अघि बढाईने अख्तियारले जनाएको छ । स्वास्थ्यकै एक कर्मचारीले विभिन्न कार्यक्रम सञ्चालनको लागि लगेको पेश्की पछर्यौटमा कार्यालयम प्रमुख आचार्य, जिन्सी शाखाका प्रमुख रहेका अधिकृत रेग्मी र लेखापाल शर्माले घुस पैसा मागेपछि अख्तियारमा उजुरी गरेका थिए ।

अख्यियारको पोखरा स्थित कार्यालयबाट प्रहरी नायब उपरिक्षकको नेतृत्वमा खटिएको ११ जनाको टोलीले घुस रकम सहित स्वास्थ्यका कर्मचारीलाई पक्राउ गरेको थियो ।

????????????????????????????????????