धनको रातो मुख (कथा)

  • १२ श्रावण २०७६, आईतवार
  • 2886 पटक पढिएको

अंशु कार्की 

रमेश र शारदाको बिहे भएको १८ वर्ष भइ सकेको थियोे ।उनीहरूको घरमा पहिलो सन्तानको रूपमा छोरी सीमाको जन्म हुन्छ। रमेश गाउँको सरकारी स्कुलका हेड मास्टर हुन भने शारदा महिला स्वास्थ स्वयसेविका ,उनीहरूको जीवन सुखमय तरिका बाट बिती रहेको थियोे । रमेशका बुवा आमा कान्छा छोरा राजन र बुहारी रमिला सित बस्दथे।उनीहरूका दुई छोराहरु रिजन र रेहान थिए। उनीहरु गाउँ कै बोर्डिङ स्कुलमा पढदथे।

खै किन हो रमेश र राजनको परिवार बिचमा तेति राम्रो मिल्ती थिएन ।दाजुभाइको बिहे नहुनु भन्दा पहिला सम्म उनीहरु नङ-मासु जस्तै थिए। ती दुइ दाइभाइको मिल्ती देखेर वल्लो-गाउँ ,पल्लो गाउँका मान्छेहरु उनीहरू उदाहरण दिन्थे छोरा हुन त यस्ता। उनीहरु बिस्तारै बढदै र पढ्दै गए। रमेश गाउको स्कुलको हेड मास्टर बन्यो राजन
वैदेशिक रोजगारीको लागि दुवइ गयो। उसले उता राम्रो कम्पनीमा राम्रो सेवा सुबिधा सहितको काम पायो।

यता रमेश बिहान भरी घरवारीको काम सकाएर दिनमा स्कुल पठाउन जान्थ्यो । शारदा घरमा नै सासुससुरा र गाई बस्तुको काम तलिन हुन्थिन। राजनले नि घरमा पैसा पठाइ रहन्थो।

करिब १५ महिना बसे पछि राजन नेपाल आउँछ। अनि उसको बिहे हुन्छ गाउँका सबैलाइ बोलाएर धुमधाम सित भोज खुवाउने कार्य हुन्छ। सात गाउँ सम्म उनीहरूको बिहेको चर्चा हुन्छ। राजनले केही वर्ष गाउँ मै बसी सानो तिनो व्यवसाय गर्ने मनसुवा बनाउछ।

गाउँका तरकारी र अन्न शहर सम्म पुर्‍याउनका लागि काम गर्छ।
बिस्तारै उनीहरूको पनि छोराहरू रिजन र रेहानको जन्म हुन्छ।
घरमा मिलेर नै बसेका थिए ।बिस्तारै राजनले धन कमाउन थाल्छ।
उस भित्र अहंकार र घमण्ड वढन थाल्छ।

तेही कमाइबाट बेसी खेतमा घर बनाउछ। यता शारदा र रमिलाको नि राम्रो मिल्ती छैन ।दिनहु घरमा एक-अर्को सित जुधी रहन्छन भने
राजन पनि दाइ रमेशलाई भुराभुरीलाइ पढाउन छोडेर व्यापारमा लाग्न सल्लाह दिन्छ। महिनाको ३००००ले कति हुन्छ ।भनेर किचकिच गरि रहन्छ । र तेहि निहुमा दाजुभाइको ठाकठुक पर्छ।

झगडाले उग्र रूपमा लिन्छ ।उनीहरूका बुवा हरि प्रसाद छोराहरूलाई अलग गरेर अंस भागबन्डा लगाइ दिनु बाहेक अरु उपाय देख्दैनन। सारा गाउहरुले आफ्नो छोराछोरी उदाहरण दिने दाजुभाइको घरमा बोली र पानी बाराबार भएको छ।

क्रमश ……