रघुगंगा गाउपालिकामा एमाले माओवादी तालमेलमा काग्रेस एक्लै उम्मेद्वारी दर्ता

  • १९ बैशाख २०७४, मंगलवार
  • धिरन खत्री
  • 2761 पटक पढिएको

म्याग्दी, १९ म्याग्दी। म्याग्दीको रघुंगंगा गाउँपालिकामा  मेयर र उप–मेयर पदको लागि राजनीतिक दलको तर्फबाट निर्वाचन कार्यालमा उम्मेद्वारी दर्ता  गराएको छ।  रघुगंगा गाउपालिकाको  मेयर र उप– मेयरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तालमेल र नेपाली काग्रेसबाट उम्मेद्वारी दर्ता गराएका हुन् ।
नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाबाट मेयरमा एमालेका जिल्ला सदस्य खिम शाही र उप–मेयरमा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य हरि भण्डारीले दर्ता गराएको  छ ।भने नेपाली काग्रेसबाट मेयरमा जिल्ला सदस्य भवबहादुर भण्डारी र उप–मेयरमा जिल्ला सदस्य कमला तिलिचालाई  निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएको पाखापानी निर्वाचन कार्यालयले जानकारी दिएको छ।  त्यस्तै रघुगंगा गाउपालिकाको मेयरमा नयाँ शतिmबाट इन्द्रबहादुर मगरले दर्ता गराएका छन् ।
निर्वाचन कार्यालयमा मेयर, उपमेयर सहित वडा अध्यक्ष र सदस्यहरुको पनि दर्ताका नेपाली काग्रेस, नेकपा एमाले, नेकमा माओवादी केन्द्र र नयाँ शक्तिले निर्वाचन कार्यालयमा  दर्ता गराएका  छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l