बेनी नगरपालिकामा काग्रेस–माओवादी र एमाले– राप्रपाको तालमेलमा उम्मेद्वारी दर्ता

  • १९ बैशाख २०७४, मंगलवार
  • धिरन खत्री
  • 6027 पटक पढिएको

म्याग्दी,१९ बैशाख । म्याग्दीको बेनी नगरपालिकाको  मेयर र उप–मेयर पदको लागि राजनीतिक दलबाट निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता भएको छ ।

    बेनी नगरपालिकाको  मेयर र उप–मेयरमा  काग्रेस र माओवादी केन्द्र र नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटी तालमेलमा उम्मेद्वारी दर्ता  गराएका हुन् ।


नेपाली काग्रेस र माओवादी केन्द्रको तर्फबाट मेयरमा  काग्रेसका जिल्ला सचिव हरिकुमार श्रेष्ठ र उप–मेयरमा माओवादी केन्द्र नगर कमिटिकी सह–सचिव ज्योती लामीछानेलाई दर्ता गराएको छ । भने एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरमा जिल्ला सदस्य प्रमोद श्रेष्ठ र उप–मेयरमा राप्रपाका जिल्ला सह–सचिव सन्जु बरुवाललाई निर्वाचन कार्यालयमा दर्ता  भएको  निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।


त्यस्तै बेनी नगरपालिका मेयर र उप–मेयरमा राष्ट्रिय जनमोर्चाको तर्फबाट  म्याग्दीका सचिव फौदबहादुर कार्की र  र कोषाध्यक्ष भुमकुमारी कार्की (विष्णु)ले  उम्मेद्वारी दर्ता गराएका छन् । भने स्वतन्त्रबाट मेयरमा बेनी नगरपालिका ३ का पृथ्वीप्रसाद पुन र उप–मेयरमा पुर्णबहादुर घर्तीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयमा  मेयर, उप–मेयर, वडा अध्यक्ष, सदस्य दर्ताका लागि नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय जनमुक्ति पाटीले उम्मेद्वारी दर्ता गर्नु पुर्व बाजा सहित बजार¥याली गरेका थिए ।

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l