नेकपा एमालेबाट मेयरको उम्मेदवार प्रमोद श्रेष्ठ चयन

  • १९ बैशाख २०७४, मंगलवार
  • 1721 पटक पढिएको

म्याग्दी, १९ वैशाख । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट प्रमोद श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका श्रेष्ठको नाम सोमबार मात्रै पार्टीले टुंगो लगाएको हो ।

नेकपा एमालेमा मेयर पदका आकांक्षी १० जनाबाट आन्तरिक छनौट गरी ३ जना प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम जिल्ला कमिटी हुदै प्रदेश नम्बर ४ को कमिटीमा सिफारिस गरिएको थियो ।

प्रदेश कमिटीमा निकै प्रतिस्पर्धा मानिएका श्रेष्ठ र केसीको नाम अन्तिम चरणसम्म चर्चामा रहेपनि श्रेष्ठलाई उम्मेदवार बनाउने टुंगो लागेको स्रोतको भनाई छ ।

मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुदैछ । यसैविच नेपाली कांग्रेसबाट हरिकुमार श्रेष्ठको नाम टुंगो लागेपछि चुनावी अभियान सुरु भइसकेको छ ।