सुत्केरी भैसीलाई भत्ता !

  • ८ श्रावण २०७६, बुधबार
  • 2387 पटक पढिएको

 

म्याग्दी ८ साउन ।  दूध उत्पादन र किसानको आयस्तर वृद्धी गर्ने उद्देश्यले मंगला गाउँपालिकाले सुत्केरी भैसीलाई पोषण भत्ता दिएको छ । सुत्केरी अवस्थाका गाईभैसीको स्याहार सुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरीएको हो । यस वर्ष २० जना भैसीपालक कृषकहरुलाई तीन हजार रुपैयाका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख दिर्घबहादुर खड्काले जानकारी दिनुभयो ।

Exif_JPEG_420

कुहुँका ६, बाबियाचौर र बरंजाका ७÷७ जना कृषकलाई सुत्केरी भैसीको आहराका लागि भत्ता वितरण गरिएको छ । ब्यवसायिक पशुपालनतर्फ आकर्षित गरी दूध उत्पादन वृद्धी गर्ने उद्देश्यले गत वर्ष सुरु गरिएको कार्यक्रम प्रभावकारी बनेपछि यसपालि पनि निरन्तरता दिएको हो । गत वर्ष कुहुँका ८ जना, बाबियाचौरका १ जना, बरंजाका १० जना कृषकहरुलाई भत्ता दिइएको थियो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका सहितको टोलीले कृषकको गोठमै पुगेर वितरण गर्नुभएको थियो ।

घाँसपात बाहेक अन्य पोषणयुक्त खानेकुरा नदिदा पशु बस्तुको आयु कम हुने, विभिन्न रोगले सताउने, बिरामी हुने, दूध उत्पादन घट्ने समस्या न्युनीकरणका लागि कृषकहरुमा सन्देश दिन सुत्केरी भैसीको भत्ता दिने गरिएको गाउँपालिकाका अध्यक्ष रोकाले बताउनुभयो ।

Exif_JPEG_420

यसैगरी ब्यवसायिक गाईभैसी फार्म सुदृढिकरण तथा जातीय सुधार कार्यक्रम मार्फत बरंजाका सकबहादुर जुक्जाली, बाबियाचौरका रत्नलाल सापकोटा र रमेश पौडेललाई एक/एक लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।पाँच वटा वडामा २०/२० जना दलित, महिला, अपाङ्गलाई आयआर्जन सुधारका लागि बाख्रा खरिद गर्न पाँच हजार तीन सय रुपैयाँका दरले अनुदान वितरण गरिएको छ । मासुमा आत्मनिर्भर कार्यक्रम मार्फत पाँच वटै वडामा ७५ प्रतिशत अनुदानमा कृषक समूहलाई एक÷एक वटा उन्नत बोयर जातको बोका उपलब्ध गराएको छ ।

Exif_JPEG_420

पर्यटकीय स्थल झाँक्रेपानी र पूर्णगाउँमा दश÷दश जनालाई ३० वटाका दरले स्थानीय साकीनी जातका कुखुरा र खोर सुधार गर्न प्रति कृषक छ हजार रुपैयाँका दरले अनुदान दिएको छ । ब्यवसायिक पशु फार्म सञ्चालन गर्नुभएका कुहुँका रनबहादुर खत्री र खुम्ल्याहका लक्ष्मण शर्माले घाँस काट्ने च्यापकटर खरिदमा बीस÷बीस हजार रुपैयाँका दरले अनुदान पाएका छन् ।

Exif_JPEG_420

गत आवमा पशु विकास कार्यक्रमका लागि तेइस लाख रुपैयाँ बिनियोजन भएको थियो । घाँसका बिरुवा वितरण, आन्तरिक तथा बाह्य परजिवी विरुद्धको खोप, तालिम लगायतका कार्यक्रम पनि सञ्चालन गरिएको छ । यसैगरी गाउँपालिकाको महिला तथा बालबालिका शाखाले लक्षित कार्यक्रम अन्तरगत ६० जनालाई २० वटाका दरले साकिनी जातको कुखुरा वितरण गरेको सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो । म