धवलागिरीका साढे बाह्य सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • ७ श्रावण २०७६, मंगलवार
  • 3027 पटक पढिएको

 

बेनी ७ साउन । धवलागिरी गाउँपालिकाका साढे बाह्य सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरि गाउँपालिकाको सहकार्य र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाले विपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चितताका लागि शैक्षिक सामग्री वितरण गरेको हो ।

परियोजना लागू भएका २७ वटा विद्यालयमा प्रायोजित एक हजार २५० जना विद्यार्थीहरुलाई एक, एक जोर विद्यालय पोशाक, कापी, कलम र झोला वितरण गरिएको परियोजनाका शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढामगरले बताउनुभयो ।शैक्षिक सामग्रीको अभावमा बालबालिकाले पढाई छोड्न नपरोस भन्ने उद्देश्यले सहयोग गरिएको उहाँले बताउनुभयो ।

 

कापी २४ थान, डटपेन १२ वटा, ईरेजर ४ वटा, कटर ४ वटा, १० वटा सिसा कलम, ज्यामिति बाकस १ थान, एक जोड विद्यालय पोषाक र एक विद्यालय झोला उपलब्ध गराएको हो ।  शैक्षिक सामग्री वितरणका क्रममा पढाई छोडेका चार जना विद्यार्थीहरुलाई परामर्श पश्चान पुन विद्यालय फर्काइएको छ ।

धनजनता माविकी सपना लाम्गाडे, लमसुङ्ग माविकी पसमाया वि.क., उर्मिला वि.क. र पवित्रा वि.क. पुनःविद्यालयमा भर्ना भएर पढाइलाई निरन्तरता दिएका छन् ।धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी र मराङमा सन २०१३ देखि परियोजना सञ्चालन भएको छ । गत वर्षदेखि धवलागिरी गाउँपालिकाले मल्कवाङ र ताकममा पनि परियोजना विस्तार गरेको छ ।

हाल २७ बिद्यालयका एक हजार ४३५ लक्षित बालबालिकाहरुलाई गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा माध्यामिक तह सम्मको शिक्षामा सुनिश्चिता गरिएको छ ।