अपहरणमा परेका काँग्रेसका उमेद्वार सकुशल रिहाइ

  • १९ बैशाख २०७४, मंगलवार
  • 3488 पटक पढिएको

म्याग्दी १९ बैशाख । म्याग्दीको बेनी नगरपालीका ३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उमेद्वार राती सकुशल रिहाई भएका छन् ।    भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापति समेत रहनुभएका जसबहादुर पुनलाई अज्ञात व्यक्तीहरुले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए ।

चार वटै नाकामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरेर खोजी सुरु गरेपछि अपहरणकारीहरुले बरंजामा पुनलाई छोडेर भागेपछि राती दश बजे सकुशल बेनी ल्याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो ।

“शंकास्पद ठाउँको चार वटै नाकामा सुरक्षाकर्मी परिचालन गरेपछि छोडेर गएका थिए” प्रजिअ पौडेलले भन्नुभयो “संलग्न व्यक्तीहरुको खोजी जारी छ ।”
नेपाली काँग्रेस म्याग्दीका सभापती खम्बिर गर्बुजाले सोमबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै चुनाव प्रभावीत गर्ने र उमेद्वारको मनोनयनपत्र दर्ता गर्नबाट बञ्चित गराउने नियतले नेत्रविक्रम चन्द् (विप्लप) नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको जनाउनुभएको थियो ।

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पुनलाई वडा अध्यक्षको उमेद्वार चयन गरेको थियो । चढेर आएको गाडी बिग्रीएपछि हिडेर बेनी आउदै गर्दा पुन अपहरणमा पर्नुभएको थियो ।