कुवागैरा घतानका ४ महिने मुटुरोगबाट पिडित बालकको उपचारमा सहयोगको याचना

  • ७ श्रावण २०७६, मंगलवार
  • 3178 पटक पढिएको

म्याग्दी ७ साउन । बेनी नगरपालिका–९ घतान कुवागैराका ४ महिने बालकको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ । रोजगारिको शिलसिलामा भारतमा रहेका नारायण चोखाल र पुष्पा चोखालका ४ महिने छोराको मुटुमा गम्भिर समस्या देखिएपछि अप्रेशन गरिएको र पुनः स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि सहयोगको अपिल गरिएको हो ।


छोराको उपचारमा ६ लाख बढी खर्च गरिसकेका चोखाल दम्पती अस्पतालले उपचारमा थप खर्च लाग्ने बताएपछि समस्यामा परेका छन् । ४ महिने बालकको अहिले भारतमै उपचार भैरहेको छ । सामान्य रोजगारि गरि जिविकोपार्जन गर्दै आएका चोखाल दम्पती नवजात छोराको स्वास्थ्य उपचारमा आर्थिक स्रोतको अभाब भएपछि उपचारमा सघाउन अनुरोध गरेका छन् । यस अघि आमा पुष्पाको समेत मुटुको उपचारमा चोखाल परिवारले लाखौँ खर्च गरिसकेका थिए । परिवारका सदस्यमै एक पछि अर्को जटिल र ठुलो खर्च लाग्ने स्वास्थ्य समस्या देखिएपछि उनीहरु थप समस्यामा जुधेका छन् ।
थप जानकारीको लागि

STATE BANK OF INDIA COMMISSIONER ROAD UDHAGAMANDALAM
NAME – ARJUN BAHADUR O
A/C – 36522795666
IFSC – SBIN0000891
BRANCH CODE – 000891
सम्पर्क नम्बर
नारायण चोखाल +919486570649
पुष्पा चोखाल +919486742360
शिब जि सी +917200152821