बरंजाको अर्जेखोलामा पुल नहुँदा खोलामा जोखिम यात्रा (फोटो फिचर)

  • ७ श्रावण २०७६, मंगलवार
  • 2661 पटक पढिएको

बेनी ७ साउन । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडा र मंगला गाउँपालिका–३ बरंजा जोड्ने अर्जेखोलामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । खोलामा पुल नहुँदा बर्षातको समयमा यहाँ सवारी साधनलाई जोखिम मोलेर खोलाबाटै वारपार गराउनुपर्ने बाध्यता रहेको हो ।

मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरंजाका स्थानीय जिल्ला सदरमुकाम बेनी आउन प्रयोग हुने यस सडकखण्डमा पक्की पुलन हुँदा दैनिक रुपमा जिप, बस र मोटरसाईकलहरु खोजामै जोखिम मोलेर वारपार गर्दै आएका छन् । कतिपय समयमा खोलाको सतह ठुलो हुँदा सवारी साधन वारपार नै अबरुद्ध समेत हुँदै आएको छ ।

शब्द/तस्बिर : कमल खत्री