म्याग्दीमा विप्लव समुहलाई झट्का, सेक्रेटरी र इन्चार्ज एकैसाथ पक्राउ

  • ६ श्रावण २०७६, सोमबार
  • 2271 पटक पढिएको

म्याग्दी ६ साउन । नेत्रविक्रम चन्द्र नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी) म्याग्दीका दुई शिर्ष नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले बिप्लव समुहका म्याग्दी इन्चार्ज कमानसिङ नकाल क्षेत्री( विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई सोमबार साँझ पक्राउ गरेको हो ।


लुकिछिपि जिल्लाको ग्रामीण बस्तीमा बस्दै आएको बिशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनी नेतृत्वको टोलीले बेनी नगरपालिका–३ भकिम्लीको नयाँपुलबाट क्षेत्री र शाक्यलाई प्रक्राउ गरेको हो ।

मोटरसाईकलबाट ग्रामिण बस्तीतर्फ जाँदै गरेका प्रतिबन्धित बिप्लब समुहका नेताद्धयलाई नियन्त्रणमा लिएपछि आबश्यक कानुनी प्रकृया अघि बढाईएको प्रनाउ मरासिनीले जानकारी दिनुभयो । उनीहरुको साथबाट एक मोटरसाईकल र तीन थान मोवाईल समेत बराबद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

विप्लब समुहकाे फाइल तस्बिर