युवा सञ्जाल म्याग्दीको प्रेरणादायी काम

  • ६ श्रावण २०७६, सोमबार
  • 1272 पटक पढिएको

बेनी, ६ साउन । बेनी नगरपालिकामा भएको एऊटा बालविवाह विरुद्घ युवा सञ्जाल म्याग्दीले गरेको उजुरीपछि उक्त विवाहित जोडीलाई नगरपालिकाको न्यायीक समितिबाट उचित परामर्श आएको छ।
गत असार २६ गतेको दिन म्याग्दी जिल्लाको गलेश्वर मन्दिरमा २३ वर्षीय केटा र १६ वर्षीय बालिका बिच बिवाह भएको थियो । कुनै माध्यमबाट जानकारी प्राप्त हुने बित्तिकै युवा सञ्जाल म्याग्दीले संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलको सहयोगमा नगरपालिकामा बालबिवाह विरुद्घ उजुरी दर्ता गरिएको थियो ।
नेपालको वर्तमान कानुन बमोजिम २० वर्ष भन्दा कम उमेरमा भएको बिवाहलाई मान्यता छैन् । बिहे गर्ने, गराउने सबैलाई कानुन बमोजिमको सजाय हुने व्यवस्था छ । तर पनि उचित कानुनी परामर्श, शिक्षाको कमी, चेतनाको कमी र बालविवाह भइरहेको छ ।
बालविवाह गरेका उक्त जोडी र परिवारलाई नगरपालिकामा बोलाई कानुनी चेतना तथा आगामी कदमबारे उचित सल्लाह र परामर्श दिइएको थियो । जस अन्तर्गत केटीको उमेर २० नपुगुन्जेल केटा र केटी आ आफ्नै घर बसी पढाई र रोजगारीलाई निरन्तरता दिने छ । २० वर्ष पुगेपछि मात्रै दाम्पत्य जीवनयापन गर्ने सहमति उक्त जोडी र दुवै परिवारहरु बिच सहमति भएको छ।
युवा सञ्जालले जिल्लाको वातावरणीय, सामाजिक र मानसीक हिसाबले स्वच्छ र स्वास्थ बनाउने अभियानमा छन् ।