दरमिजा हुँदै चिमखोला जाने गोखोको भिरमा गोरेटो बाटो मर्मत (फाेटाे फिचर)

  • ५ श्रावण २०७६, आईतवार
  • 3430 पटक पढिएको

म्याग्दी ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको दरमिजा हुँदै चिमखोला जाने पदमार्ग अन्र्तगत गोखोको भिरमा गोरेटोबाटो मर्मत गरिएको छ । चिमखोलातर्फबाट दरमिजा तर्फ सडक विस्तार गर्ने क्रममा पुरानो गोरेटोबाटो पुरिएपछि चिमखोलाका स्थानीय युवाहरुले अप्ठ्यारो भिरमा गोरेटो बाटोलाई मर्मत गरेका हुन् ।

 

मोटरबाटो निर्माण कार्य अप्ठ्यारो ठाउँमा पुगेर रोकिएको र पुरानो गोरेटो बाटोमा क्षती पुगेपछि गोखोको भिरमा नयाँ ठाउँबाट आवत जावत गर्ने बाटो बनाईएको हो ।

२२ जना युवाहरुले एक दिनको समय लगाएर भिरमा साँघुरो रहेको करिब ५० मिटर बाटोलाई फराकिलो बनाउने र डिलतर्फ काठको बार लगाउने काम गरेको चिमखोलाका युवा ओम पुनले जानकारी दिनुभयो ।

गत जेठमा सामान्य आवत जावतको लागि २ पटक सम्म गोरेटो बनाईएको भएपनि जोखिम नहटेको कारण बाटोलाई व्यवस्थित बनाईएको जनाईएको छ ।