ग्रामिण क्षेत्रमा उपस्थिति बढाउन प्रहरीलाई सुझाव

  • ५ श्रावण २०७६, आईतवार
  • 1639 पटक पढिएको

बेनी ५ साउन । म्याग्दीका सरोकारवालाहरुले ग्रामिण क्षेत्रमा उपस्थिति र पहुँच बढाउन प्रहरीलाई सुझाव दिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले आइतबार बेनीमा आयोजना गरेको अन्तरक्रियामा सहभागि जनप्रतिनिधि, ब्यवसायी र अगुवाहरुले नयाँ संरचना अनुसार दुर्गम र विकट क्षेत्रमा पनि प्रहरीको उपस्थिति आवश्यक रहेको बताएका थिए ।

म्याग्दीमा प्रहरी चौकी थप गर्न, भएका चौकीमा दरबन्दी अनुसारका जनशक्तिको व्यवस्थापन गर्न र अपराध, दुर्घटना, दूव्र्यसनी न्युनीकरणमा पूर्व सर्तकतामा ध्यान दिन सुझाव दिएका थिए । प्रदेशका प्रहरी प्रमुख प्रहरी महानिरिक्षक बिनोद घिमिरेले अपराध, विकृति, बिंसगति, दुर्घटना, दुब्र्यसनि नियन्त्रणमा प्रहरीलाई समुदायको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । शान्ती सुरक्षा कायम गर्न कटिबद्ध रहेको घिमिरेको भनाई थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, बेनपा ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य कुबिर श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष बिष्णु गुरुङ, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष बाबुराम आचार्य लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता र बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले सञ्चालन गर्नुभएको कार्यक्रमको सञ्चालन दृतीय उपाध्यक्ष राजेश शाक्यले गर्नुभएको थियो ।