अनेरास्ववीयुद्धारा राहुवडामा वृक्षारोपण (फोटो फिचर)

  • ५ श्रावण २०७६, आईतवार
  • 2403 पटक पढिएको

बेनी ५ साउन । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीको आयोजनामा आइतबार बेनी नगरपालिका–६ राहुवडामा वृक्षारोपण गरिएको छ । एक स्थानीय तह, एक वन निर्माण गर्ने सरकारको कार्यक्रम अनुसार राहुवडाको सार्वजनिक खाली पाखोमा ३०५ वटा काठ र घाँस प्रजातिका बिरुवा रोपिएको विद्यार्थी नेता प्रकाश पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमको सुरुवात गर्दै अनेरास्ववीयुका संयोक ऐन महरले देशभर पचास लाख बिरुवा रोप्ने अभियानमा रहेको बताउनुभयो । कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, प्रदेश सभा सदस्य बिनोद केसी, नेकपाका प्रदेश कमिटि सदस्य मुना बानिया, जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, विद्यार्थी नेता सुनीता बराल, जिल्ला नेताहरु देवेन्द्र केसी, बालकृष्ण सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

विद्यार्थी नेता सुवास विश्वकर्माको अध्यक्षता, रेशम केसीको सञ्चालन र वडा अध्यक्ष कृष्णसिङ बानियाको स्वागतमा कार्यक्रम सम्पन्न भएको समिर रोकाले जानकारी दिनुभयो । अनेरास्ववियूले देशव्यापि रुपमा वृक्षारोपण अभियान मार्फत ५० लाख बोटविरुवा रोपण गर्ने जनाएको छ ।