मोना सेन्दाई जापानले तीजको अवसरमा विविक्यु गर्ने

  • ५ श्रावण २०७६, आईतवार
  • 2344 पटक पढिएको

म्याग्दी ५ साउन ।
म्याग्दी प्रवासी नेपाली संघ(मोना) सेन्दाई, जापानले हरितालिका तीजको अवसरमा विविक्यु (साँस्कृतिक भेटघाट) कार्यक्रम गर्ने भएको छ । समितिको आइतवार बसेको बैठकले सेप्टेम्बर १ तारिकका दिन तीजको अवसरमा सेन्दाइ क्षेत्रमा रहेका म्याग्देलीहरुबिचको भेटघाटको लागि विविक्यु गर्ने निर्णय गरेको हो ।


अध्यक्ष कमल बानियाँको अध्यक्षतामा बसेको बैठकले सल्लाहकारमा छत्र केसीलाई चयन गरेको छ । मोना सेन्दाईको उपाध्यक्षमा सागर थापा, सचिब सुरेन्द्र विश्वकर्मा,सहसचिबमा सुस्मीता कोइराला र कोषाध्यक्षमा सुवास खत्री तथा सदस्यहरुमा सुरेश पुन, अस्विन भण्डारी,विकास विश्वकर्मा,विकास बुढाथोकी, मनोजकुमार चोखाल, प्रविण खत्री रहेका छन् ।

सो अवसरमा सेन्दाइमा पुगेका नवआगन्तुक म्याग्देली विद्यार्थीहरुलाई स्वागत समेत गरिएको थियो । समितिले सेन्दाइ क्षेत्रमा अध्ययनको शिलसिलामा पुग्ने नयाँ म्याग्देलीहरुलाई रोजगारिको प्रवन्ध मिलाउन समेत आबश्यक सहयोग गर्दै आएको छ । मोना सेन्दाईले म्याग्दीमा उपचार गराउन नसकेका विरामी, दैवी प्रकोप पिडित लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।