करदाता सहायता कक्ष स्थापना गर्ने सम्झौता

  • ४ श्रावण २०७६, शनिबार
  • 2080 पटक पढिएको

बेनी ४ साउन । आन्तरिक राजस्व कार्यालय बागलुङमा करदाता सहायता कक्ष स्थापना गर्ने सम्झौता भएको छ । कार्यालय, म्याग्दी, पर्वत र बागलुङ उद्योग वाणिज्य संघबीच करदातालाई आम्दानी विवरण भर्न, प्राबिधिक सहयोग र परामर्श सेवाका लागि कक्ष स्थापना गर्ने सम्झौतामा शनिबार हस्ताक्षर भएको हो ।

प्रमुख कर अधिकृत हेमराज सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज शर्मा र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज भण्डारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको म्याग्दी उद्योग वाणिज्य संघका दितृय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

सम्झौता अनुसार तीन वटा उद्योग वाणिज्य संघले दायीत्व ब्यहोर्ने गरेर आगामी भदौ १ गतेदेखि सहायता कक्षमा कर्मचारी ब्यवस्थापन गर्ने भएका छन् । कक्षका लागि कार्यालयले आवश्यक पूर्वाधार र कर्मचारीलाई तालिम उपलब्ध गराउनेछ । करदाताको विवरण कम्प्युटरको माध्यमबाट प्रबिष्ट गराउने, परामर्श र प्राबिधिक सेवा निशूल्क उपलब्ध गराइने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले बताउनुभयो ।