आरन ब्यवसायीलाई औजार, उपकरण वितरण

  • ३ श्रावण २०७६, शुक्रबार
  • 1689 पटक पढिएको

 

बेनी ३ साउन । म्याग्दीको मालिका गाउँपालिकाले परम्परागत आरन पेशालाई ब्यवसायिक र आधुनिकिकरण गर्नका लागि औजार, उपकरण वितरण गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बिहीबार छ लाख रुपैयाँ मूल्य बराबरका औजार, उपकरण वितरण गरिएको हो ।

धातुका सामान र कृषि औजार निर्माण तथा मर्मत कार्यमा आवश्यक पर्ने बेयल्डीङ, कटिङ, ग्रेण्डर, जेनेरेटर, पंखा लगायतका औजार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सात वटै वडाका ३० जनालाई निशूल्क रुपमा औजार उपलब्ध गराइएको हो ।गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, दरवाङका वडा अध्यक्ष सन्तोष सुवेदी, जिल्ला स्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समितिका सदस्य छवी विश्वकर्माले औजार वितरण गर्नुभएको थियो ।

पालिका स्तरीय समितिकी संयोजक सिर्जना श्रीपालीको अध्यक्षता, सचिव गिरीप्रसाद बोहोराको सञ्चालन र वडा सदस्य खिममाया पटेलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सात लाख रुपैयाँ बजेट बिनियोजन भएपनि एक लाख छ हजार रुपैयाँ मूल्य बराबरको सामान आइनपुगेकोले वितरण हुन सकेन् । औजार, उपकरण भएपछि उद्योग सञ्चालनमा सहज हुने, लागत र श्रम घट्ने आरन व्यवसायीहरुले बताएका छन् ।